Logo

२०८३, श्रावण २७गते


images
images

महिला टी-२० विश्वकप

आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा अस्ट्रेलिया र इङल्याण्ड भिड्ने

आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा अस्ट्रेलिया र इङल्याण्ड भिड्ने

images
  • आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा अस्ट्रेलिया र इङल्याण्ड भिड्ने
    images
    images

    काठमाडौँ । जारी आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा अस्ट्रेलिया र इङल्याण्ड भिड्ने भएका छन् । फाइनल खेलमा आइतबार आयोजक इङल्याण्ड र अस्ट्रेलिया लर्ड्स मैदानमा आइतबार आमने सामने हुने भएका हुन् ।

    images
    images
    images

    सेमिफाइनलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । त्यसैगरी इङल्याण्डले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रीकालाई ४० रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।

    images
    images
    images

    महिला टी- २० विश्वकपमा अस्ट्रेलिया आठौ पटक फाइनल खेल्दैछ । अस्ट्रेलियाले यसअघि ६ पटक २०१०, २०१२, २०१४, २०१८, २०२०, २०२३ मा उपाधि जितेको थियो भने २०१६ मा उपविजेता बनेको थियो ।

    images
    images
    images

    त्यस्तै इङल्याण्डले २००९ मा उपाधि जितेको थियो भने २०१२, २०१४ र २०१८ मा उपविजेता बनेको थियो । त्यस्तै २०२४ मा न्यूजील्याण्ड र २०१६ मा वेस्ट इन्डिजले विश्वकप जितेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला टी-२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।