Logo

२०८३, श्रावण २७गते


images
images

दशौँ देवदह महोत्सव बन्यो विद्यार्थीका उत्पादनको प्रवर्द्धन गर्ने थलो

दशौँ देवदह महोत्सव बन्यो विद्यार्थीका उत्पादनको प्रवर्द्धन गर्ने थलो

images
  • दशौँ देवदह महोत्सव बन्यो विद्यार्थीका उत्पादनको प्रवर्द्धन गर्ने थलो
    images
    images

    देवदह । दशौँ देवदह महोत्सव विद्यालय तहका विद्यार्थीले उत्पादन गरेका वस्तुहरूको विक्री तथा प्रवर्द्धनको महत्वपूर्ण थलो बनेको छ । देवदह नगरपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीले आफैं उत्पादन गरेका विभिन्न वस्तु महोत्सवमा विक्रीका लागि राखिएका छन् ।

    images
    images
    images

    महोत्सवमा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजकले नि:शुल्क स्टलको व्यवस्था गरेको छ । स्थानीय उत्पादनको प्रवर्द्धन गर्न नि:शुल्क स्टल उपलब्ध गराइएको स्टल व्यवस्थापन समिति संयोजक अमृत बहादुर फुल्लेलले जानकारी दिए । उनले विद्यार्थीले उत्पादन गरेका सामग्रीलाई बजारसँग जोड्ने र उद्यमशीलताको भावना विकास गर्ने उद्देश्यले स्टल उपलब्ध गराइएको बताए ।

    images
    images
    images

    महोत्सवको स्टलको पहिलो लाइनमै समृद्ध समुदाय विकास केन्द्र र देवदह नगरपालिकाको सहयोगमा विद्यार्थीहरूद्वारा उत्पादित वस्तुको विक्री भइरहेको छ । महोत्सवमा खड्ग माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेको धुप, महामाया भवानी माध्यमिक विद्यालयका विद्यार्थीले तयार गरेका स्कन्जी, प्रगति माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेका फूल, सिक्टहन माध्यमिक विद्यालयका विद्यार्थीले तयार गरेका क्याण्डिल, भविष्य निर्माण माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेको च्याउ, देवदह माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल तथा केरवानी, जनप्रिय र सिता माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेका विभिन्न वस्तुहरू विक्रीमा राखिएका छन् ।

    images
    images
    images

    देवदहका सामुदायिक विद्यालयका विद्यार्थीलाई उद्यमी बनाउने उद्देश्यले विगत १८ महिनादेखि समृद्ध समुदाय विकास केन्द्रले तालिम तथा आवश्यक सहयोग गर्दै आएको छ । यसबाट विद्यार्थीले उत्पादनसँगै व्यापारिक सीप पनि सिक्ने अवसर पाएको समृद्ध समुदायले जनाएको छ ।

    व्यापारसँगै बजारमा के कुराको माग छ भन्ने विषयमा पनि सिक्न पाएको विद्यार्थीहरूले बताएका छन् । भविष्य निर्माण माध्यमिक विद्यालयकी विद्यार्थी कामना पाण्डेले आफूले व्यापारकला सिकेको बताइन् ।

    समृद्ध समुदाय विकास केन्द्रका सहायक परियोजना संयोजक चाहना नेपालीको नेतृत्वमा प्रत्येक विद्यालयका ५-५ जना विद्यार्थी स्टलमा सहभागी छन् । विद्यार्थीहरूले सहयोग र उचित वातावरण पाएमा अझ राम्रो गर्न सक्ने आयोजक तथा अभिभावकहरूको विश्वास रहेको छ ।

    माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु‍¥याउँदै आएको आयोजकको भनाइ छ ।

    मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोन लगायतका आकर्षक रहने जनाइएको छ ।

    स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहको महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।