Logo

२०८३, श्रावण २७गते


images
images

प्रकाश सपुतका समर्थकले भरियो देवदह मण्डप

प्रकाश सपुतका समर्थकले भरियो देवदह मण्डप

images
  • प्रकाश सपुतका समर्थकले भरियो देवदह मण्डप
    images
    images

    देवदह । देवदहमा जारी दशौँ देवदह महोत्सवको आठौं दिन चर्चित गायक प्रकाश सपुतका समर्थकले देवदह मण्डप भरिएको छ । 'गलबन्दी, पीर दियो' लगायत दर्जनौं गीतका सर्जक एवं गायक सपुतका समर्थकहरू मण्डप भरिएको मेलाका महोत्सवका सांस्कृतिक संयोजक गोविन्द ठडराईले बताए ।   

    images
    images
    images

    'समाज रूपान्तरण र जनचेतनाका गीतका गायक सपुत देवदहमा राम्रो क्रेज देखियो ।' संयोजक ठडराईले भने, 'राष्ट्रियस्तर ख्याति प्राप्त कलाकार देवदहमा ल्याएका छौं ।'
     
    बुधवार मण्डपमा दर्शकको उल्लेख्य उपस्थिति रहेको मेलाका टिकट व्यवस्थापन उपसमिति संयोजक गङ्गा विकले बताए ।

    images
    images
    images

    माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु‍¥याउँदै आएको आयोजकको भनाइ छ ।

    images
    images
    images

    मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, विज्ञान प्रदर्शानी, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोन लगायतका आकर्षक रहने जनाइएको छ ।

    स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहको महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।