Logo

२०८३, श्रावण २७गते


images
images

शनिवार ज्योति मगरले तताइन् देवदह, आइतवार अर्जुन सापकोटा आउँदै

शनिवार ज्योति मगरले तताइन् देवदह, आइतवार अर्जुन सापकोटा आउँदै

images
  • शनिवार ज्योति मगरले तताइन् देवदह, आइतवार अर्जुन सापकोटा आउँदै
    images
    images

    देवदह । देवदहमा जारी दशौँ देवदह महोत्सवको चौंथो दिन दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । मेलाका सांस्कृतिक संयोजक गोविन्द ठडराईले शनिवार कलाकार ज्योति मगरले देवदह तताएको बताए ।

    images
    images
    images

    'देवदह, सुनवल र आसपासका दर्शकले देवदह मण्डप भरिएको छ ।' संयोजक ठडराईले भने, ' स्थानीय र राष्ट्रियस्तरका कलाकारको आगमन बढ्दो छ । पुषको ठण्डीमा देवदह तात्दैछ ।'

    images
    images
    images

    विदाको दिन परेको र कलाकार ज्योति मगरको उपस्थितिसमेत रहेकोले दर्शकको उपस्थिति हालसम्म कै उच्च रहेको मेलाका टिकट व्यवस्थापन उपसमिति संयोजक गङ्गा विकले बताए । उनले शनिवार आठ हजार दर्शकले मेला अवलोकन गरेको बताए । 

    images
    images
    images

    यसैगरी महोत्सवमा सिङ्गगिङ्ग आइडल सुरु भएको छ । आइडलको पहिलो चरणबाट दुई प्रतिस्पर्धी बाहिरिएको आइडल संयोजक तेजु अर्यालले जानाकरी दिए । 

    महोत्सवमा आइतवार गायक चर्चित गायक अर्जुन सापकोटाको प्रस्तुति रहने जनाइएको छ ।  मेलाका प्रसार-प्रसार संयोजक विष्णु पोखरेलले आइतवार सापकोटासंगै कलाकार दामोदर बस्याल, श्यामकली भण्डारी, ऋतु थापा, विधान कार्की, विनिता घर्ती मगर लगायतको उपस्थिति रहने बताए । 

    माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु‍¥याउँदै आएको आयोजकको भनाइ छ ।

    मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, विज्ञान प्रदर्शानी, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोन लगायतका आकर्षक रहने जनाइएको छ ।

    स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहको महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।