Logo

२०८३, श्रावण २७गते


images
images

दशौं देवदह महोत्सवको तयारी तीब्र, सामुदायिक वनसंग छलफल

दशौं देवदह महोत्सवको तयारी तीब्र, सामुदायिक वनसंग छलफल

images
  • दशौं देवदह महोत्सवको तयारी तीब्र, सामुदायिक वनसंग छलफल
    images
    images

    देवदह । दशौं देवदह महोत्सवको तयारी तीब्र रूपमा अगाडि बढेको आयोजकले जनाएको छ । तयारीका क्रममा राजनीतिक दल, संचारकर्मी, विद्यालय, संघसंस्था र आमा समूहहरुसंग छलफल सकिएको र बुधवार सामुदायिक वनहरुसंग अन्तरक्रिया गरिएको मेलाका प्रचार-प्रसार संयोजक विष्णु पोखरेलले जानकारी दिए । 

    images
    images
    images

    महोत्सवलाई देवदहवासी सम्पूर्णको महोत्सव कसरी बनाउने र विगतका मेलाबाट प्राप्त अनुभव र सरोकारवालाहरुसंगको सुझाबलाई समेटेर मेलालाई थप परिष्कृत गर्ने कार्यमा आयोजक जुटेको संयोजक पोखरेलको दावी छ । 

    images
    images
    images

    बुधवार सम्पन्न सामुदायिक वनसंगको छलफलमा पर्या-पर्यटनलाई महोत्सवसम्म जोड्ने र देवदहको पर्यटन विकासको अभिन्न अंग महोत्सव बन्नुपर्ने वनका अध्यक्ष तथा प्रतिनिधिहरुले सुझाव दिएको आयोजकले जनाएको छ । 

    images
    images
    images

    सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरुसंगको छलफलमा बोल्दै मेला मूल आयोजक समिति संयोजक गणेश कुमार खातीले पहिलो महोत्सवदेखि नै पर्यटनको क्षेत्रमा मेलाले काम गरेको बताए । 'पहिलो महोत्सव हामीले नै संचालन गरेका थियौं । त्यो महोत्सवबाट रकमले पाकरी वृक्षमा गेट बनाइएको हो । त्यसपछि पनि विचार हिसावले र आर्थिक रुपले समेत महोत्सव यहाँको पर्यटनसंग जोडिएको छ'  संयोजक खत्रीले भने । 

    कार्यक्रममा बोल्दै उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष परशुराम कडेलले सबै संघसंस्थाको सहयोगले मात्र मेला सफल हुने बताए । सामुदायिक वन, सहकारी, विद्यालय, संचार क्षेत्र, आमा समूह, टोल विकास संस्था सबैको साथ र सहयोगमा मेला संचालन हुने उनको भनाइ छ । 

    त्यसैगरी छलफलमा भाग लिंदै प्रगति सामुदायिक वनका अध्यक्ष दुर्गबहादुर रानाले देवदह मण्डप प्रगति सामुदायिक वनको खेल मैदान रहेकोले त्यसलाई स्थानीय सरकारले संरक्षण र विकास गर्न सक्दैन भने आफुहरुले वृक्षरोपण गर्ने विचार व्यक्त गरे । डिपीआर बनाएर राख्ने तर प्रक्रिया पुर्याएर जग्गाको स्वामित्व लिन पनि नसक्ने र मण्डपमा लगानी पनि गर्न नसक्ने हो भने आफुहरुले नगरपालिकालाई मैदान दिन सक्ने उनले बताए । अध्यक्ष रानाले महोत्सव लगाउने तीन संस्था र नगरपालिकासंग आफुहरुले बैठक गर्न चाहेको उनको भनाइ छ । 

    छलफलमा बुद्ध सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेक बहादुर राना, बुद्ध नगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीवलाल रेग्मी, रामजी प्रसाद ढकाल लगायतले बोलेका थिए ।

    छलफलमा महोत्सवका संचिवालय संयोजक विनिराम सोमै लगायतको उपस्थिति रहेको थियो । 

    यही पौष २३ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।

    पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु‍¥याउँदै आएको आयोजकको भनाइ छ ।

    मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, विज्ञान प्रदर्शानी, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, डोरी तान्ने प्रतियोगितासंगै जलपरी अवलोकन, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोन लगायतका आकर्षक रहने जनाइएको छ ।

    स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहने महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।