बुटवल । ब्रिटिश काउन्सिलद्वारा प्रत्येक वर्ष प्रदान गरिने अन्तर्राष्ट्रिय विद्यालय अवार्ड रुपन्देहीका १२ वटा विद्यालयले प्राप्त गरेका छन् । अवार्ड प्राप्त गर्नेमा जिल्लाका दुई सामुदायिक विद्यालय र १० आवासीय विद्यालय रहेका छन् ।

सामुदायिक विद्यालय तर्फ अवार्ड प्राप्त गर्नेमा बुटवल उपमहानगरपालिकाका कालिका मानवज्ञान मावि र नवीन औद्योगिक कदर बहादुर रिता मावि रहेका छन् ।त्यसैगरी बुटवल कै आवासीय विद्यालयहरू इन्टलेक्चुअल एकाडेमी, अक्सफोर्ड मावि र मणिमुकुन्द माविले सो अवार्ड प्राप्त गरेका छन् ।
भैरहवाको सनसाईन, कञ्चनको बुद्धदीप, सैनामैनाको प्रभात, तिलोत्तमाका एपेक्स, न्यू इनभारमेन्ट , सिद्दार्थ, र किड्स हेवान स्कूल उक्त अवार्ड प्राप्त सफल भएका छन् ।
कोभिड महामारीका कारण हरेक वर्ष वितरण गरिने उक्त अवार्ड सन् २०२० र २०२१ का दुईवर्षको एकैपटक सार्बजनिक गरिएको हो । विद्यार्थीको शिक्षण सिकाई क्रियाकलापलाई व्यवहारीक र अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउँदै लगिने उदेश्यले विश्वभरका ३१ देशका विद्यालयमा उक्त अवार्ड प्रदान गरिदै आएको छ।
नेपालमा सन् २०२० मा ५३ र २०२१ मा ५४ गरी १०७ वटा स्कूलले एकै पटक यो अवार्ड प्राप्त गरेका छन्।
उक्त अवार्डका लागि शिक्षण सिकाई क्रियाकलापको मापनका आधारमा मूल्यांकन गरी ब्रिटिश काउन्सिलले छनोट गर्दछ । अवार्डका लागि नेपालबाट प्रत्येकवर्ष सयौ स्कूलले आवेदन गरेका हुन्छन् । अवार्ड प्राप्त गरेपछि सो स्कूलले अन्तराष्ट्रिय क्षेत्रका स्कूलहरुसंग एकअर्काका शिक्षण सिकाई क्रियाकलापहरु र विद्यार्थीका अनुभवहरु आदानप्रदान गर्ने र ब्रिटिस काउन्सिलको लोगों ३ वर्षसम्म प्रयोग गर्न पाउँछन् भने पुन लोगों प्रयोग गर्न फेरि छनौट हुनुपर्छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology