Logo

२०८३, श्रावण २७गते


images
images

बुटवल-नारायणगढ सडकखण्ड

दाउन्ने क्षेत्रमा थप दुई महिना यात्रा गर्न कठिनाई हुने : वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

दाउन्ने क्षेत्रमा थप दुई महिना यात्रा गर्न कठिनाई हुने : वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

images
  • दाउन्ने क्षेत्रमा थप दुई महिना यात्रा गर्न कठिनाई हुने : वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
    images
    images

    बुटवल । बुटवल-नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने सडकमा पुस १५ गतेसम्म निर्माणको कार्य हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न सडक विभागको आयोजना निर्देशनालयले अनुरोध गरेको छ । 

    images
    images
    images

    आयोजनाले विगत केही दिनमा आकस्मिक रूपमा भएको निरन्तर वर्षातले निर्माणाधीन नारायणघाट-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो भई यातायात आवागमनमा कठिनाई उत्पन्न भएको तथा आगामी दिनहरूमा पुनः वर्षात् भएमा हाल कलभर्टहरू निर्माणाधीन भई एकतर्फी सडक सञ्चालन भइरहेको स्थानमा सवारी साधनहरू सञ्चालनमा थप कठिनाई हुने सम्भावना रहेको बताएको छ । 

    images
    images
    images

    त्यसैले आयोजनाले उक्त सडकमा कल्भर्टहरूको निर्माण कार्य सम्पन्न नहुन्जेल अबको करिब दुई महिना ( अर्थात २०८२ पौष १५ सम्म) यस सडक खण्डमा यात्रा गर्नु अघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्र यात्रा गर्न सबैमा अनुरोध गरेको छ । साथै यस सडक खण्डमा यातायात सञ्चालनमा कुनै अवरोध उत्पन्न भएको अवस्थामा निम्न उल्लेखित बैकल्पिक सडकहरुको प्रयोग गर्न सकिने व्यहोरा समेत अनुरोध गरिन्छ । 

    images
    images
    images
    daunne_11762163719.jpg

    बैकल्पिक सडक:

    - पुर्व पश्चिम राजमार्ग हुँदै आउने / जाने सवारीसाधनः नारायणघाट मुग्लिङ्ग - पोखरा- स्याङ्जा - पाल्पा- बुटवल वा  कालीगण्डकी चोक (गैंडाकोट ) - रामपुर - पिपलडांडा- पाल्पा- बुटवल । 

    - काठमाडौंबाट बर्दघाट पश्चिम जाने / बुटवल-काठमाडौं जाने सवारी साधनहरुः काठमाडौं-मुग्लिङ्ग-पोखरा- स्याङ्जा-पाल्पा-बुटवल । 

    - दुई पांग्रे र फोरह्विलर चार पांग्रे सवारीसाधनको लागि वैकल्पिक सडकः दुम्कीबासज्याम-रे- डाँडाचोक- डमार हुँदै भुताहा । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दाउन्ने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।