Logo

२०८३, श्रावण २७गते


images
images

दाउन्नेमा लामो जाम, यात्रु र चालक हैरान

दाउन्नेमा लामो जाम, यात्रु र चालक हैरान

images
  • दाउन्नेमा लामो जाम, यात्रु र चालक हैरान
    फाईल फोटो : दाउन्नेमा जाम । विष्णु पोखरेल / सेतोमसी
    images
    images

    काठमाडौं । बुटवल-नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा सवारी साधनको अत्यधिक जाम लागेको छ । लगातारको हुस्सु कुहिरोले सडक सतह भिजेर चिप्लो बनेको छ भने बीच-बीचमा सवारी साधन बिग्रिँदा आवागमन ठप्पजस्तै भएको छ ।

    images
    images
    images

    दाउन्ने खण्डको दुम्कीबासदेखि बर्दघाटसम्म दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ । बीच सडकमा ट्रक बिग्रिने र साना सवारी साधनले लेन मिचेर चल्नाले समस्या थप जटिल बनेको चालकको भनाई छ  ।

    images
    images
    images

    लामो समयसम्म जाममा फस्दा यात्रु र चालकहरु दुवै हैरान बनेका छन् । खाद्य सामग्री, इन्धन तथा अत्यावश्यक सेवा बोकेका सवारी साधनसमेत जाममै रोकिएका छन् ।

    images
    images
    images

    दाउन्ने खण्डमा हाल सडक विस्तारको काम जारी रहेकाले निर्माण कार्य, मौसमको प्रभाव र अव्यवस्थित सवारी सञ्चालन एकैसाथ परेपछि समस्या थपिएको देखिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दाउन्ने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।