Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

दाउन्ने सडकमा रातिमा ठुला मालबहाक सवारी चलाउन रोक

दाउन्ने सडकमा रातिमा ठुला मालबहाक सवारी चलाउन रोक

images
  • दाउन्ने सडकमा रातिमा ठुला मालबहाक सवारी चलाउन रोक
    images
    images

    बुटवल । नारायणघाट- बुटवल सडक खण्डमा चैत ८ गतेसम्म राति ७ बजेदेखि बिहान ५ बजेसम्म ठुला मालबहाक सवारी साधन चलाउन रोक लगाइएको छ ।

    images
    images
    images

    नारायणघाट बुटवल सडक योजना (पश्चिम खण्ड) ले दुम्कीबास-दाउन्ने-बर्दघाट खण्डमा सडक चिप्लो भएका कारण चिप्लिने र अड्किने समस्या देखिएपछि तीन दिन रातिमा ठुला मालबहाक सवारी साधनको आवागमन रोकेको हो । 

    images
    images
    images

    सूचनामा भनिएको छ-

    images
    images
    images

    यस दुम्किवास-दाउन्ने-वर्दघाट क्षेत्रमा मिति २०८२ चैत्र ६ गते दिउँसो १ वजे देखी परिरहेको भारि बर्षाका कारण सडक चिप्लो भई यस खण्डमा ठूला मालबहाक सवारी साधनहरू चिप्लिने, अड्किने समस्या देखिएको र सो कारणले सडक जाम भएर सवारी आवागमन अवरुद्द भएकोले सडक आवागमनको अवस्था हेरी मिति २०८२/१२/०६ देखि २०८२/१२/०८ सम्म रातिको समयमा (बेलुका ७ बजे देखी बिहान ५ बजेसम्म) ठुला मालबहाक सवारीसाधनहरुलाई वर्दघाट तर्फ त्रीवेणी चोक (टिसिएन चोक) मा र दुम्किवास बजारमै रोकी छोटो तथा लामो दुरीका यात्रुबहाक सवारीसाधनहरु तथा आकस्मिक सेवाका सवारी साधनहरुलाई प्राथमिकताका आधारमा मात्र सवारी साधन संचालन गर्न गराउन यो सूचना जारी गरिएको छ ।

    साथै आयोजनाले यस सडक खण्डमा आवश्यक मर्मत सम्भारको काम भइरहेकोले अति आवश्यक सवारी साधन बाहेक अन्य सवारी साधनहरूले यथा संभव वैकल्पिक सडक प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दाउन्ने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।