Logo

२०८३, श्रावण २७गते


images
images

फुटको संकेत

फुटको संघारमा एकीकृत समाजवादी, एक दर्जनभन्दा बढी माओवादीसँग एकताको विपक्षमा

फुटको संघारमा एकीकृत समाजवादी, एक दर्जनभन्दा बढी माओवादीसँग एकताको विपक्षमा

images
  • फुटको संघारमा एकीकृत समाजवादी, एक दर्जनभन्दा बढी माओवादीसँग एकताको विपक्षमा
    images
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादी फुटको संघारमा पुगेको छ । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग एकताको प्रक्रिया अगाडी बढाएपछि सम्मानित नेता झलनाथ खनालसहितका दर्जनभन्दा बढी नेता यस एकताको विपक्षमा उभिएका हुन् ।

    images
    images
    images

    एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्नु पर्ने र एमालेमै फर्किने वा पार्टी पुनर्गठन गर्ने गरि दुई स्पष्ट धार देखा परेको छ । केन्द्रीय समितिको बैठकमा अध्यक्ष नेपालले विचार मिल्नेसँग एकता गर्न ढिला गर्न नहुने भन्दै माओवादी केन्द्रसँग छिटो एकता हुने संकेत गरेका थिए ।

    images
    images
    images

    अध्यक्ष नेपालको धारणाको विपक्षमा सम्मानित नेता खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसालसले आफ्नो धारणा राखेका थिए ।त्यस्तै स्थायी कमिटी सदस्यमा विजय पौडेल, रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ, पोलिटब्युरो सदस्य लक्ष्मण लम्साल, शिव भण्डारी, अब्दुल हुसैन, अशेष घिमिरे, दामोदर अर्याल, पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी र केन्द्रीय सदस्य आरती लामासहितका नेताहरु माओवादी केन्द्रसँगको एकताको विपक्षमा उभिएका छन् ।

    images
    images
    images

    केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकताबारे निर्णय गरे पार्टी फुट्नसक्ने संकेत नेतृ झाँक्रीले सामाजिक सञ्जालआमा लेखेकी छन्: 'व्यक्तिको आवश्यकता र व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ, इतिहासको वास्तविकता यस्तै छ । मान्छे नै थपेर बहुमत पुर्‍याउन त सकिन्छ तर त्यस्तो बहुमतले सबैको भावना बोक्छ भन्नेचाहिँ होइन ।’

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एकीकृत समाजवादी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।