राजेश पराजुली पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विकासप्रेमी जनताका अपेक्षा पुरागर्ने काम आफूहरुबाट मात्र सम्भव रहेको बताएका छन् ।
शनिबार घरदैलो कार्यक्रम अन्तर्ग पोखरा २० भलाममा आयोजित कोणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पाँच दलीय गठबन्धन देशको समृद्धिका लागि बनेको बताए । एकथरी कुरा गर्ने र काम अर्कोथरी गर्नेहरुबाट अब जनताको अपेक्षा पुरा नहुने उनको टिप्पणी छ ।
उनले एमालेमा मदन भण्डारीको नाम जप्ने तर उनले प्रतिपादन गरेको सिद्धान्त विरोधी काम हुन थालेपछि विद्रोह गर्नुपरेको प्रष्टिकरण दिए । ‘नाम मदनभण्डारीको जप्ने, जनताको बहुदलीय जनवादको कुरा गर्ने तर काम जनता विरोधी गर्ने, जनताको अभिमत खण्डित गर्ने र संविधानलाई कुल्चनेकाम भयो ।
हामीले धेरै पटक सच्याउने प्रयास ग¥यौं तर एमालेको नेतृत्व सच्चिएन । त्यसपछि हामीले विद्रोह गर्नुपरेको हो । तपाईलाई थाहा छ । तपाईहरुसंग म अरुकालागि मत माग्न धेरैपटक आएको छु । तपाईले मत दिएर यस अगाडि प्रतिनिधिसभामा पठाएकाले काम गर्न सकेनन् । जनताका एजेण्डा भन्दापनि अर्कैढंगले अगाडि बढे’ उनले भने ।
उम्मेदवार बरालले वडाका बासिन्दाले भोग्नुपरेका बाटोघाटो र खानेपानी लगायतका समस्याका बारेमा आफू जानकार रहेको र ती समस्यालाई महानगर र प्रदेश सरकारसंग मिलेर समाधान गर्ने बताए ।यहाँका समस्या मैले बुझेको छु । यहाँ उत्पिडित समुदायका आफ्नै समस्याहरु छन् । बाटोको विस्तार र स्तरीकरण गर्नुपर्नेछ । सिंचाईको समस्या छ ।
कृषिलाई अझै आधुकिकरण र व्यवसायीक बनाउँदै बजारीकरण गर्नुपर्नेछ । यि सबै समस्याको समाधान हामीले गर्न सक्र्छौं । म यहाँहरुकै जनप्रतिनिधि भएका हिसावले संसद चल्दा बाहेक यहाँहरुकै साथमा रहेर काम गर्ने छु ।
संसदमा पनि तपाईहरुका एजेन्डालाई उठाउने काम गर्नेछु । गरिव जनताको पक्षमा, उनीहरुको जीवनस्तर माथि उठाउने पक्षमा ऐन कानुन निर्माणमा मेरो ध्यान हुनेछ’ उनले भने ।
यसैगरी २० नम्बर भएर जाने मध्यपहाडी लोकमार्गले धेरै सम्भवाना बोकेको भएपनि त्यो बाटो बन्दा र त्यसपछिका केही अप्ठ्यारा समेत रहेको उनले बताए । सबै अप्ठ्याराहरुलाई अवसरमा बदल्ने योजना आफूहरुसंग रहेको उनको भनाई छ ।
गठबन्धनको तर्फबाट कास्की २ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार कांग्रेस नेता विन्दु कुमार थापाले संविधान च्यात्न खोज्ने र जनमतलाई खण्डित गर्नेहरुको विरुद्ध आफूहरुले गठबन्धन गरेर अगाडि बढेको बताए । शनिबार पोखरा २० भलाममा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
आफ्नो पहिलो कार्यकालमा प्राप्त गरेको सेवा सुविधा जनताका योजनामा नै खर्च गरेको स्मरण गराउँदै दोस्रो कार्यकालमा पनि त्यसलाई निरन्तरता दिँदै बाँकी रहेका योजना पुरा गर्ने उनको प्रतिवद्धता जनाए ।
पोखरा २० भलामका जनताको अपेक्षाका विषयमा आफू जानकार रहेको उनले बताए । यस अगाडि पनि योजनाहरु पर्ने काम भएको बताएका उनले क्रियापुत्री भवनका लागि थप बजेट व्यवस्थापन गर्नुपर्ने भएको, खानेपानी योजना, सिंचाई र बाटोघाटोको विस्तार र स्तरोन्नति गर्ने कामलाई निरन्तरता दिएर जनअपेक्षा पुरा गर्ने उनले बताए ।
उम्मेदवार थापाले जनताको समस्या नै आफ्ना समस्या सम्झेर आफूले काम गर्ने धारणा राखे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology