Logo

२०८३, श्रावण २७गते


images
images

समाजवादी बैठक

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक

images
  • एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक
    images
    images

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।  पार्टीका महासचिव घनश्याम भुसालले पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक बोलाएको जानकारी दिएका छन् ।

    images
    images
    images

    स्थायी कमिटीको बैठक आगामी भदौ ४ गते र भदौ ५ गते पोलिटब्यूरो बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । त्यसपछि भदौं ७ र ८ गते केन्द्रीय कमिटी बैठकसुकेधारास्थित  मिराकल पार्टी भेनुमा बस्ने महासचिव भुसालले जानकारी दिएका छन् । सबै बैठक ११ बजे सुरु हुने बताइएको छ ।

    images
    images
    images

    पछिल्लो समय एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालबीच घमासान देखिएको छ । दुवैले एक अर्काविरुद्ध विभिन्न आरोप लगाउदै पार्टी छोडेर जान सक्ने सम्मको अभिव्यक्ति दिएका छन् । दुवै नेताबीच पार्टीको रणनीतिक कार्ययोजनामै विवाद देखिएको छ । त्यस्तै पछिल्लो समय पार्टीमा समाहित भएका नेता वामदेव गौतमले पनि अहिलेसम्म भूमिका नपाएको भन्दै असन्तुष्टि व्यक्त गर्न शुरु गरिसकेका छन् । यस पृष्ठभूमिमा हुन लागेको एकीकृत समाजवादीको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एकीकृत समाजवादी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।