राजेश पराजुली, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट सहकारी संगठन ‘समाजवादी सहकारी संगठन नेपाल’ घोषणा भएको छ । सहकारीकर्मी नवराज अर्यालको अध्यक्षतामा ७३ सदस्यीय केन्द्रीय समिति घोषणा भएको हो ।
नवगठित समितिका उपाध्यक्षहरूमा केशव दंगाल, बटुक कृष्ण थापा, एम प्रसाद जोशी, बिरबहादुर भोटे, डिपि अधिकारी, भरत ब. श्रेष्ठ, विरेन्द्र यादव, धरणीधर अधिकारी चयन भएका छन् । त्यस्तै महासचिवमा देवराज न्यौपाने, सचिवहरू डा. हरि प्रसाद शर्मा, सुदर्शन मिश्र, किरण मोक्तान, टापबहादुर श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा राधा कडरिया चयन भएका छन् ।
कार्यक्रममा नवगठित समितिलाई सपथ ग्रहण गराउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहकारी अभियानले जनजिविकाका सवालहरुलाइ सम्बोधन गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले नवगठित विभागकाका सदस्यहरूको नाम सार्वजनिक गर्दै पार्टीको जनसङ्गठनको रुपमा स्थापना भएको सहकारी सङ्गठनले जनअपेक्षित र लक्षित वर्गको क्षेत्रमा काम गर्नुपर्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology