Logo

२०८३, आश्विन २०गते


images
images

हिमपात

मुस्ताङमा सशस्त्र प्रहरी बलको स्वास्थ्य शिविर

मुस्ताङमा सशस्त्र प्रहरी बलको स्वास्थ्य शिविर

images
  • मुस्ताङमा सशस्त्र प्रहरी बलको स्वास्थ्य शिविर
    images
    images

    मुस्ताङ । मुस्ताङ भ्रमणमा आएका आन्तरिक पर्यटकहरुको लागि सशस्त्र प्रहरी बल, नेपालले स्वास्थ्य परीक्षण र औषधी वितरण गरेको छ । बुधबार विहानदेखि त्यसक्षेत्रमा पर्यटकहरुको अक्सिजन लेभल र रक्तचाप परीक्षण गर्नुकासाथै आवश्यक औषधी वितरण गरिएको हो ।

    images
    images
    images

    सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३३ गुल्म मुस्ताङले बुधबार विहान ९० महिला र ६० पुरुष गरी १ सय ५० जनाको अक्सिजन लेभल चेक गरेको थियो । यस्तै ६० महिला र ४० पुरुष गरी १ सय जनाको रक्तचाप परिक्षण गरिएको छ ।

    images
    images
    images

    त्यसक्षेत्रमा हिमपात भएको र चिसो एक्कासी बढेका कारण धैरै पर्यटकहरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको छ । उनीहरुको समस्या पहिचान गरी सामान्य प्राथमिक उपचार समेत गरिएको छ ।

    images
    images
    images

    यसैबीच मुक्तिनाथ मन्दिर जाने बाटो र मन्दिर परिषरको हिउँ पन्छाउनको लागि बुधबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङबाट सुरक्षाकर्मी परिचालन गरिएको छ । बाटोमा जमेको हिउँ पन्छाएपछि मुक्तिनाथ दर्शनमा सहजता भएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।