Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

३६ संस्थाबाट मात्रै श्रमिकको स्वास्थ्य परीक्षण हुन्छ- मलेसियन दुताबास

३६ संस्थाबाट मात्रै श्रमिकको स्वास्थ्य परीक्षण हुन्छ- मलेसियन दुताबास

images
  • ३६ संस्थाबाट मात्रै श्रमिकको स्वास्थ्य परीक्षण हुन्छ- मलेसियन दुताबास
    images
    images

    काठमाडौँ । मलेसियाका लागि नेपाली कामदारको स्वास्थ्य परीक्षणसम्बन्धी जैविक चिकित्सा प्रणाली कार्यान्वयनबारे मलेसिया दूतावासले स्पष्टिकरण दिएको छ ।

    images
    images
    images

    काठमाडौँस्थित मलेसियाली दूतावासले सन् २०१८ अक्टोबर २९ मा नेपाल र मलेसिया सरकारबीच भएको कामदार भर्ना, रोजगारी तथा स्वदेश फिर्तासम्बन्धी समझदारीअनुसार नेपाली कामदारको स्वास्थ्य परीक्षण जैविक चिकित्सा प्रणालीमार्फत सञ्चालन भइरहेको जनाएको हो ।

    images
    images
    images

    दूतावासका अनुसार उक्त समझदारीमा मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि ३६ वटा स्वास्थ्य संस्थालाई अनुमति दिइएको छ । नेपाल सरकारले तोकेको शुल्कबाहेक मलेसिया सरकारले थप ३ हजार रुपैयाँ सेवा शुल्क निर्धारण गरेको जनाएको छ । समझदारीमा जैविक चिकित्सा प्रणालीसम्बन्धी सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्नुपर्ने व्यवस्था रहेको दूतावासले उल्लेख गरेको छ ।

    images
    images
    images

    दूतावासले म्याक्रो टेक प्रालि र बेस्टिनेट कम्पनीलाई नेपालमा जैविक चिकित्सा प्रणाली कार्यान्वयन, शुल्क संकलन तथा कानुनी रूपमा रकम पठाउने जिम्मेवारी दिइएको जनाएको छ । दूतावासका अनुसार दुवै कम्पनीले नेपाल र मलेसिया सरकारबीच भएको सहमतिअनुसार नै काम गर्दै आएको स्पष्ट गरेको छ ।

    यसअघि नेपाल सरकारले श्रमिकको स्वास्थ्य परीक्षण प्रणालीमा सिण्डिकेट अन्त्य गरेको दाबी गर्दै २०८२ चैत १७ गते मन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाहरूलाई निवेदन दिन आह्वान गरेको विषयलाई मलेसियाले चुनौती दिएको छ ।

    Malasyia1779090357.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वास्थ्य परीक्षण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।