Logo

२०८३, श्रावण २७गते


images
images

सडक अवरुद्ध

नारायणगढ–मुग्लिङ सडक अनिश्चितकालका लागि बन्द, वैकल्पिक सडक प्रयोग गर्न प्रशासनको आग्रह

नारायणगढ–मुग्लिङ सडक अनिश्चितकालका लागि बन्द, वैकल्पिक सडक प्रयोग गर्न प्रशासनको आग्रह

images
  • नारायणगढ–मुग्लिङ सडक अनिश्चितकालका लागि बन्द, वैकल्पिक सडक प्रयोग गर्न प्रशासनको आग्रह
    images
    images

    चितवन । नारायणगढ–मुग्लिङ सडक खण्डमा आज गएको ठूलो पहिरोका कारण आवागमन पूर्ण रुपमा बन्द भएको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय चितवनले सडक तत्काल खुल्न सक्ने सम्भावना नदेखिएकोले उक्त सडक प्रयोग गर्ने सवारीधनी, सवारीसँग सम्बन्धित संघ-संस्थाहरु तथा यात्रु महानुभावहरुलाई सम्बन्धित जिल्लाका स्थानीय प्रशासनसँग समन्वय गरी उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

    images
    images
    images

    प्रशासनले भनेको छ- 'वैकल्पिक मार्गको रुपमा महोत्तरी जिल्लाको बर्दिवास, मकवानपुर जिल्लाको हेटौंडा, रुपन्देही जिल्लाको बुटवल, नवलपरासी वर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङ्ग जिल्लाको नौविसे तथा तनहुँ जिल्लाको हकमा खैरेनीटारबाटै उपयुक्त वैकल्पिक मार्ग लिनु हुन अनुरोध छ । यात्रा गर्नुपूर्व सडकको अवस्था बुझी यकिन गरेर मात्र यात्रा गर्नुहुन एवं सडकमार्गमा रहेका यात्रुहरुलाई कुनै समस्या परेमा सड़क सुरक्षार्थ खटिइएका ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी वल नेपालका सुरक्षाकर्मीहरुसँग सूचना एवं सहयोग लिनुहुन समेत आग्रह गर्दछौं ।'

    images
    images
    images

    प्रशासनले तत्कालका लागि यो बाध्यात्मक विकल्प भएको बताउदै सडक खुलाउन हरदम प्रयत्न गरिरहेको उल्लेख गरेको छ । प्रशासनले भनेको छ- 'आवागमन सम्भव भए पश्चात पुनः सूचना गर्ने नै छौं । यस सम्बन्धमा आवश्यक जानकारी एवं सूचनाको लागि जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक श्री रविन्द्र खनाल (९८५५०१३९९९), जिल्ला प्रशासन कार्यालय, चितवनका सूचना अधिकारी, मदन लामा थिङ (९८५५०९२२०० ) र सडक डिभिजन भरतपुरका सूचना अधिकारी, कृष्ण प्रसाद आचार्य (९८५५०९२२१८) मा सम्पर्क गर्नु हुन समेत अनुरोध छ ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।