Logo

२०८३, आश्विन १०गते


images
images

मन्त्रिपरिषद विस्तार

मन्त्रिपरिषद्को विस्तार गर्ने तयारीमा प्रधानमन्त्री कार्की

मन्त्रिपरिषद्को विस्तार गर्ने तयारीमा प्रधानमन्त्री कार्की

images
  • मन्त्रिपरिषद्को विस्तार गर्ने तयारीमा प्रधानमन्त्री कार्की
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद्को विस्तार गर्ने तयारीमा रहेकी छन् । हाल तीन जना मात्र मन्त्री बनाएकी प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्को विस्तार गर्न स्वतन्त्र, पुर्व कर्मचारी र अन्य क्षेत्रका विज्ञहरुसँग छलफल गरिरहेकी छन् ।

    images
    images
    images

    उनले आजै मन्त्रीहरुको टुंगो लगाउने गरि छलफल गरिरहेको बुझिएको छ । प्रधानमन्त्री कार्कीले जेनजीका केहि प्रतिनिधिहरु, आफु निकट सहयोगीहरुसँग छलफल गरिरहेकी छन् । अहिलेसम्म महावीर पुन, स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा.संगीता मिश्र, सञ्चारकर्मी जगदीश खरेल, सुदन गुरुङ, रक्षा बम, पुर्व न्यायाधीश अनिलकुमार सिन्हा लगायतको नामको बारेमा छलफल भएको छ ।

    images
    images
    images

    यी नामको विषयमा छलफल भएपनि निर्णय हुन बने बाँकी रहेको बताइएको छ । प्रधानमन्त्री कार्कीले १० देखि १२ मन्त्री बनाएर एक जनालाई कम्तिमा दुई मन्त्रालयको जिम्मेवारी दिने यसअघि नै बताएकी छन् । यसअघि रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङलाई उर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय तथा ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।