Logo

२०८३, कार्तिक २५गते


images
images

बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको घटनामा प्रधानमन्त्री कार्कीले मागिन माफी

बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको घटनामा प्रधानमन्त्री कार्कीले मागिन माफी

images
  • बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको घटनामा प्रधानमन्त्री कार्कीले मागिन माफी
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले बर्दियाको बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको विषयमा माफी मागेकी छन् ।

    images
    images
    images

    प्रधानमन्त्री कार्कीले यो निर्णय समाज र राज्यका लागि ग्लानिको विषय भएको बताउदै न्यायिक-प्रशासनिक झमेलाका कारण यो अवस्था निम्तिएको हो भने देशको प्रधानमन्त्रीका रुपमा माफी मागेकी हुन् । 

    images
    images
    images

    उनले भनेकी छन् : बर्दियाको बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको र त्यसको एक महिनामै उहाँका ६१ वर्षीय बाबुसमेत नरहेको घटनाले मर्माहत बनाएको छ । उहाँहरुको यो निर्णय हाम्रो समाज र राज्यका लागि ग्लानिको विषय हो। न्यायिक-प्रशासनिक झमेलाका कारण यो अवस्था निम्तिएको हो भने देशको प्रधानमन्त्रीका रुपमा म माफी चाहन्छु। र, यस घटनाको गहिराइमा पुगेर अध्ययन गर्न माननीय गृहमन्त्रीज्यूलाई निर्देशन दिएकी छु। नागरिकतालगायत लैंगिक आधारमा हुने कुनै पनि प्रकारको विभेद र हिंसा सह्य होइन। न्यायको मार्गमा सबै पक्षले सहजीकरण गरौँ ।'

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।