Logo

२०८३, श्रावण २७गते


images
images

सिमरा घटना

लोकतन्त्रमा अराजकता कदापि स्वीकार्य छैन : प्रधानमन्त्री कार्की

लोकतन्त्रमा अराजकता कदापि स्वीकार्य छैन : प्रधानमन्त्री कार्की

images
  • लोकतन्त्रमा अराजकता कदापि स्वीकार्य छैन : प्रधानमन्त्री कार्की
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले बाराको सिमरा घटनाप्रति दुख व्यक्त गरेकी छन् ।

    images
    images
    images

    प्रधानमन्त्री कार्कीले यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन भन्दै युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएको बताएकी छन् ।

    images
    images
    images

    उनले अभिव्यक्ति स्वतन्त्रताको सम्मान सरकारको प्रतिबद्धता रहेको बताउदै तर यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट नभएको स्पष्ट गरेकी छन् । 

    images
    images
    images

    प्रधानमन्त्री कार्कीले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन दिएको समेत बताएकी छन् । 

    उनले भनेकी छन्: बाराको सिमरामा आज देखिएको तनाव र हिंसा अत्यन्तै दुःखद छ । म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन। युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ । 

    अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो । तर यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट होइन । 

    मैले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन दिएको छु । 

    लोकतान्त्रिक प्रणालीको माध्यमबाट मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिन्छ। त्यसैले म सबै पक्षलाई अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न हार्दिक अपिल गर्दछु ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।