Logo

२०८३, कार्तिक २५गते


images
images

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

अपाङ्गता भएका व्यक्तिलाई सम्मानजनक जीवनयापनको वातावरण निर्माण गर्ने राज्यको नीति : प्रधानमन्त्री कार्की

अपाङ्गता भएका व्यक्तिलाई सम्मानजनक जीवनयापनको वातावरण निर्माण गर्ने राज्यको नीति : प्रधानमन्त्री कार्की

images
  • अपाङ्गता भएका व्यक्तिलाई सम्मानजनक जीवनयापनको वातावरण निर्माण गर्ने राज्यको नीति : प्रधानमन्त्री कार्की
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले दिगो विकासको लक्ष्य प्राप्तिको लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपाङ्गता समावेशी विकास र शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

    images
    images
    images

    हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिदै अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, सामाजिक सुरक्षा एवम् पुनः स्थापनामा सहज पहुँचका लागि सरकार क्रियाशील रहेको रहको उल्लेख गर्दै दिगो विकासको लक्ष्य प्राप्तिको लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपाङ्गता समावेशी विकास र शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

    images
    images
    images

    उनले भनेकी छन् 'नेपालको संविधान, नेपाल पक्ष राष्ट्र भएका अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धि, विद्यमान कानुनहरूले अपाङ्गता भएका व्यक्तिको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक अधिकारलाई अधिकतम रूपमा सम्बोधन गरेका छन्। अपाङ्गता भएका व्यक्तिको आर्थिक-सामाजिक अवस्था एवम् अपाङ्गताको गम्भीरताको आधारमा अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधामा प्राथमिकता दिई सबै अपाङ्गता भएका व्यक्तिलाई सम्मानजनक र समतामूलक जीवनयापनको वातावरण निर्माण गर्ने राज्यको नीति रहेको छ ।'

    images
    images

    साथै प्रधानमन्त्री कार्कीले अपाङ्गता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, सञ्‍चारमा रहेका अवरोध, कानुनीलगायत अन्य सबै अवरोधहरू हटाई सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि सहज, पहुँचयुक्त र सम्मानजनक अवस्थाको सिर्जना गर्नु आजको आवश्यकता रहेको बताएकी छन् । उनले भनेकी छन् 'अपाङ्गता भएका व्यक्तिको स्वावलम्बी र आत्मनिर्भर जीवनका लागि अपाङ्गता रोकथाम तथा पुनः स्थापनालगायत रोजगार तथा स्वरोजगारका कार्यक्रममा तीनै तहका सरकारको संयुक्त प्रयासले अपेक्षित उपलब्धि हासिल गर्न सकिने कुरामा विश्‍वस्त रहेको छु ।'

    उनले यस दिवसले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था र सम्बन्धित सबै सरोकारवालाहरूलाई अपाङ्गता भएका व्यक्ति एवम् तिनका अभिभावकको हक, हित, अधिकार, संरक्षण र सुविधाको क्षेत्रमा अझ धेरै कार्य गर्ने प्रेरणा र ऊर्जा मिलोस् भन्‍ने शुभकामना व्यक्त गरेकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।