सुमन गाहा,पाल्पा। पाल्पा जिल्लाको रामपुर नगरपालिका ६ बिजयपुरमा कुलोमा डुबेर एक युवाको मृत्यु भएको छ । रामपुर नगरपालिका ६ बिजयपुरका ३५ बर्षिय राजु पौडेलकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार बेलुका माछा मारेर घर फर्किने क्रममा कुलोमा खसेका पौडेललाई थप उपचारको लागी रामपुर अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेका हो । थप अनुसन्धान कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैँयाले जानकारी दिनुभयाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology