अनिष पन्थी,गुल्मी। नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीको आयोजनामा चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल को प्रजातान्त्रिक आन्दोलनमा नेविसंघबाट बौद्धिक व्यक्तित्वको जन्म भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल बिद्यार्थी संघ गुल्मीका सभापति झबिन्द्र पाण्डेले बताए ।
प्रजातान्त्रिक सङगठन रोज्नु बिद्यार्थीको गौरव को बिषय भएकाले आफ्नो अधिकारको कुरा निर्धक्क राख्न सक्ने क्षमता नेपाल बिद्यार्थी संघको सङगठनमा भएको पाण्डेको भनाइ छ।
कोहि बिद्यार्थीलाई केही अफ्ट्यारो भए जिल्ला बाट आफू साथ दिन तयार भएको बताए । इकाइ कमिटी गठन गरि जिल्ला कार्य समितिको आग्रह अनुसार खटि विद्यार्थीका समस्यालाई बिद्यार्थी ले नै समाधान गर्दै अघि बढने कार्यक्रमका सभाध्यक्ष एव नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्यामस गुल्मीका इकाइ सभापति पुनाराम घिमिरेले बताए ।
कार्यक्रम नेपाल बिद्यार्थी संघ गुल्मीका सह सचिव रोसन सिह ठकुरी ,नेपाल विद्यार्थी संघ गुल्मी क्षेत्र न २ का सभापति अर्जुन पोख्रेल,नेपाल बिद्यार्थी संघ गुल्मीका पुर्व उप सभापति निरज मरासिनी ,त्रीबिक्रम ज्ञवालिको , नेपाल बिद्यार्थी संघ गुल्मीका सदस्य सुबास न्यौपानेको आथित्यता रहेको थियो।
नेपाल बिद्यार्थी संघ गुल्मीका सभापति झबिन्द्र पाण्डेको प्रमुख आथित्यतामा सुरु भएको कार्यक्रममा नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस बिबिएस प्रथम बर्षका सभापति शिव भण्डारीको स्वागत मनतब्य रहेको थियो।
क्याम्पस इकाई सभापति पुनाराम घिमिरेको सभाध्यक्षतामा सुरु भएको कार्यक्रमको सन्चालन नेपाल बिद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस बिबिएस प्रथम बर्षका सचीव अनिष पन्थीले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology