Logo

२०८३, श्रावण २७गते


images
images

नेविसंघ केन्द्रीय  समितिमा गुल्मीबाट ११ जना मनोनीत

नेविसंघ केन्द्रीय  समितिमा गुल्मीबाट ११ जना मनोनीत

images
  • नेविसंघ केन्द्रीय  समितिमा गुल्मीबाट ११ जना मनोनीत
    images
    images

    अनिष पन्थी,गुल्मी । नेपाली कांग्रेसको भातृ सस्था नेपाल बिद्यार्थी संघ नेविसंघमा गुल्मीबाट ११ जना मनोनीत भएका छन।
    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार  देशभरका ७७ जिल्लाबाट  ७१० जनालाई नेपाल विद्यार्थी संघको  केन्द्रीय तदर्थ समिति सदस्यमा मनोनीत गरेका थिए।

    images
    images
    images

    गुल्मीबाट  केन्द्रिय सदस्यहरुमा नेपाल बिद्यार्थी संघका जिल्ला सभापति झबिन्द्र पाण्डे, सिए.पदम भट्टराई, सृजना गिरि, रिषी राना मगर, सन्देश भण्डारी, कमल पोखरेल , सागर ज्ञवाली , प्रेम परियार ,इन्जिनियर शिव भट्टराई ,अर्जुन महोत्रा,गणेश टन्डन रहेको नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।
    कांग्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गरी सभापति देउवाले कार्यसमिति सदस्यहरुको मनोनय गरेका हुन। सभापति देउवाले विसं २०७८ चैत ९ गते नेविसङ्घको केन्द्रीय अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए ।

    images
    images
    images

    नेपाली कांग्रेसले भातृ संगठन नेविसंघ र तरुण दलको केन्द्रीय समितिको आकार बढाएको हो । सभापति  देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा नेविसंघ र तरुण दलको केन्द्रीय समितिको आकार बढाउने सहमति भएको थियो।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # नेविसंघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।