Logo

२०८३, आश्विन ९गते


images
images

इन्द्रजात्रा

इन्द्रजात्राको इन्द्रध्वजको उत्थान विहिवार शुभ साइतमा गरिने

इन्द्रजात्राको इन्द्रध्वजको उत्थान विहिवार शुभ साइतमा गरिने

images
  • इन्द्रजात्राको इन्द्रध्वजको उत्थान विहिवार शुभ साइतमा गरिने
    images
    images

    काठमाडौं । काठमाडौंको ऐतिहासिक जात्रा इन्द्रजात्राको इन्द्रध्वजको उत्थान विहिवार गरिने शुभ साइत निकालिएको छ । इन्द्रजात्रा काठमाडौ उपत्यकाको सवै भन्दा ठुलो जात्रा रहेको र नेवार समुदायको विशेष पर्वका रुपमा मनाउने गरिएको राष्ट्रिय पर्व हो ।

    images
    images
    images

    इन्द्रजात्राका लागि भाद्र १९ गते विहिवारका दिन विहान १० बजेर ३१ मिनेटमा शुभसाईतमा इन्द्रध्वजको उत्थान गरिने बताइएको छ । 

    images
    images
    images

    काठमाडौं महानगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले यस बर्षको ईन्द्रजात्रामा विगतका वर्षहरुमा भन्दा केही फरक कार्यक्रमहरु समावेश गरिएको जानकारी दिएका छन् ।  यस वर्ष भिडियो डकुमेण्ट्री प्रतियोगिता, सम्पदा पद यात्रा , मेड इन काठमाडौं मार्फत माटाका सामान बनाउने कलाको प्रत्यक्ष प्रदर्शनी र तस्वीर प्रदर्शन समेत रहेको मानन्धरले जानकारी दिएका छन् ।

    images
    images
    images

    महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का वडा अध्यक्ष आशामान संगतले हरेक जात्राको आफनै महत्व रहेको बताउदै जात्राका लागि सवै सरोकारवाला निकायको सहकार्य र समन्वयको आवश्यक रहने बताएका छन् । 

    इन्द्रजात्राका लागि रथयात्रा अन्तर्गत भाद्र २२ गते माथिल्लो टोलमा रथयात्रा, भाद्र २६ गते विहिवार नानिचा यात्रा, हुने भने सोही दिन रातको १० बजेर ३१ मिनेनको शुभ साईतमा यःसीं क्वः थलेगु अर्थात इन्द्रध्वज ढलाएसँगै यसवर्षको इन्द्रजात्रा समापन हुने छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इन्द्रजात्रा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।