Logo

२०८३, आश्विन ९गते


images
images

राष्ट्रपति पौडेलबाट बसन्तपुरमा इन्द्रजात्राको अवलोकन

राष्ट्रपति पौडेलबाट बसन्तपुरमा इन्द्रजात्राको अवलोकन

images
  • राष्ट्रपति पौडेलबाट बसन्तपुरमा इन्द्रजात्राको अवलोकन
    images
    images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्राका अवसरमा वसन्तपुर क्षेत्रमा आयोजित विशेष कार्यक्रममा सरिक भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वागत गरेकी थिइन् ।

    images
    images
    images

    इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्र अवलोकन गर्न राष्ट्रपति पौडेलसहित उपराष्ट्रपति रामसहाय प्रसाद यादव, नेपाल सरकारका मन्त्रीहरू, सभामुख, सांसद तथा काठमाडौं महानगरपालिकाका प्रमुखलगायतका विशिष्ट व्यक्तिहरू वसन्तपुर पुगेका थिए ।

    images
    images
    images

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।

    images
    images
    images

    भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।