Logo

२०८३, आश्विन ९गते


images
images

इन्द्रजात्रा

शुभसाइतमा इन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइयो

शुभसाइतमा इन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइयो

images
  • शुभसाइतमा इन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइयो
    images
    images

    काठमाडौं । इन्द्रजात्राका लागि काभ्रेको नाला जंगलबाट ल्याइएको यःसी अर्थात लिङ्गो नगर प्रवेश गराइएको छ । 

    images
    images
    images

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको हो । आइतवार बिहान भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको गुठी संस्थानले जनाएको छ ।

    images
    images
    images

     गुठी संस्थानका अनुसार लिङ्गोलाई भाद्र १९ गते बिहान १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वजोत्थान गरिने छ भने भाद्र २१ गते इन्द्रजात्रा मनाइने भएको छ । 

    images
    images
    images

    जात्राको तयारीस्वरुप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ तयारीको कार्य समेत सुरु गरिएको छ । तीनै वटा रथ तान्न सुरु गरिने इन्द्रजात्राको मुख्य दिन राष्ट्रप्रमुख वसन्तपुर दरबार क्षेत्रमा जाने परम्परा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इन्द्रजात्रा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।