Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षक आन्दोलन

शिक्षक महासंघको आन्दोलन : एमाले पार्टी कार्यालयमा धर्ना

शिक्षक महासंघको आन्दोलन : एमाले पार्टी कार्यालयमा धर्ना

images
  • शिक्षक महासंघको आन्दोलन : एमाले पार्टी कार्यालयमा धर्ना
    images
    images

    काठमाडौँ । नेपाल शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ बजे देखि दिउसो १ बजेसम्म २ घण्टा नेकपा एमालेको च्यासलस्थित केन्द्रीय कार्यालयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको महासंघके जनाएको छ ।

    images
    images
    images

    शिक्षक महासंघले बुधबार नेपाली कांग्रेसको कार्यलय सानेपामा धर्ना दिएको थियो । त्यसै गरी महासंघले २०८२ भाद्र १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना दिने महासंघले जानकारी दिएको छ ।

    images
    images
    images

    त्यस्तै महासंघले भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय गरेको छ ।

    images
    images
    images

    प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक, २०८० पारित गरेपछि त्यसमा रहेका प्रावधानमा असहमति जनाउदै महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिक्षक आन्दोलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।