Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षक आन्दोलन

सरकार र शिक्षकहरु वार्ता : छलफललाई निरन्तरता दिने सहमति, निस्किएन निकास

सरकार र शिक्षकहरु वार्ता : छलफललाई निरन्तरता दिने सहमति, निस्किएन निकास

images
  • सरकार र शिक्षकहरु वार्ता : छलफललाई निरन्तरता दिने सहमति, निस्किएन निकास
    images
    images

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहितको सरकारी टोली र नेपाल शिक्षक महासंघबीच शनिबार सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलले संवादमा निरन्तरता दिने सहमति भएको छ। शिक्षक आन्दोलन चर्कँदै गइरहेका बेला भएको यो वार्तामा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरूले उठाएका मागहरूबारे मन्त्रीसँग खुलेर छलफल भएको बताए।

    images
    images
    images

    “नेपाल शिक्षक महासंघ अहिले आन्दोलनमा छ। आन्दोलनका क्रममा हामीले उठाएका विषयवस्तुका बारेमा माननीय मन्त्रीज्यूको समुपस्थितिमा छलफल भयो। छलफल र संवादलाई निरन्तरता दिने निर्णय भएको छ,” सुवेदीले भने।

    images
    images
    images

    शिक्षकहरूको आन्दोलनले शिक्षा क्षेत्रमा गहिरो असर पारिरहेकै बेला सरकारले शुक्रबार दोस्रो पटक जारी गरेको परिपत्रलाई आधार मानेर औपचारिक छलफलमा आएको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए। उनका अनुसार अहिले नै निष्कर्षमा नपुगे पनि सरकार मागहरू पुरा गर्ने दिशामा आएमा चाँडै निष्कर्ष निस्कने अपेक्षा गरिएको छ।

    images
    images
    images

    “हामी औपचारिक रुपमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट पछिल्लो समय हिजो मात्रै दोस्रो पटक गरिएको परिपत्रको आधारमा छलफल र संवादमा छौँ। हामी निस्कर्षमा पुगेका छैनौँ। निस्कर्ष मन्त्रालय र नेपाल सरकारले हामीले पेश गरेका माग मुद्दामा यथेष्ठ जानकारी गराएपछि आउनेछ,” उनले भने।

    उनले आन्दोलन शिक्षक कर्मचारीको सेवा सुविधा मात्रै सुनिश्चित गर्नका लागि नभई गुणस्तरीय शिक्षाको मागमा केन्द्रित रहेको बताए। उनका अनुसार मुलुकभरका विद्यालय, ७० लाख विद्यार्थी र अभिभावकको जिम्मेवारी पनि शिक्षक महासंघको काँधमा भएकाले शिक्षा ऐन ल्याउने कार्यमा सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलन चर्काइएको हो।

    “हामी निकास दिन्छौँ। तर निकास दिने मुख्य निकाय भनेको शिक्षा मन्त्रालय र नेपाल सरकार हो,” तिवारीको भनाइ छ।

    नेपाल शिक्षक महासंघको आन्दोलन शनिबार ८५ औं दिनमा पुगेको छ भने सडकमा उत्रिएको २५ औं दिन हो। शिक्षकहरूले विद्यालय शिक्षा विधेयक संसद्मा प्रवेश गरेपछि मात्र आन्दोलनको कार्यक्रम स्थगित गर्ने जनाएका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिक्षक आन्दोलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।