Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षक आन्दोलन

शिक्षक आन्दोलनको सबै दोष सरकारलाई लगाएर कोही उम्किन मिल्दैन : लोसपा अध्यक्ष ठाकुर

शिक्षक आन्दोलनको सबै दोष सरकारलाई लगाएर कोही उम्किन मिल्दैन : लोसपा अध्यक्ष ठाकुर

images
  • शिक्षक आन्दोलनको सबै दोष सरकारलाई लगाएर कोही उम्किन मिल्दैन : लोसपा अध्यक्ष ठाकुर
    images
    images

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले शिक्षकहरुको आन्दोलनको सबै दोष सरकारलाई लगाएर उम्किन नमिल्ने बताएका छन् । लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्दै उनले नेताहरुले सबै दोष सरकारलाई लगाउन नमिल्ने बताएका हुन् । अहिले शिक्षकहरु सडक आन्दोलनमा रहेको भन्दै उनले यसबारे संयमित हुन नेताहरुलाई आग्रह गरे । 

    images
    images
    images

    यसको जिम्मेवारी सरकारको नेतृत्व गर्ने सबै नेताहरुले लिनुपर्ने उनको भनाइ छ । सरकारमाथि दोष थुपार्ने नभइ सरकारको आलोचना गर्न सकिने बताएका उनले निजी क्षेत्रका विद्यालय नभए नेपालको शिक्षाको स्थिति कस्तो हुन्छ भन्दै प्रश्न गरे । उनले सामुदायिक विद्यालयको बलमा सबैलाई शिक्षित गर्नसक्ने अवस्था नरहेको जिकिर गर्दै नेपालमा पानी र स्वास्थ्यको समस्या पनि त्यत्तिकै रहेको बताए । 

    images
    images
    images

    उनले भने, ‘सरकारलाई दोष दिएर मात्रै हुँदैन । सरकारमाथि हामी आलोचना गर्नसक्छौँ । तर निजी स्कुल रहेन भने के हुन्छ हाम्रो यो शिक्षाको अवस्था ?’ अध्यक्ष ठाकुरले सबै मिलेर काम गरेमात्रै देश बन्नसक्ने बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिक्षक आन्दोलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।