Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षक आन्दोलन

सरकार -शिक्षक वार्ता सकारात्मक, महासंघले राख्यो ९ बुँदे प्रस्ताव

सरकार -शिक्षक वार्ता सकारात्मक, महासंघले राख्यो ९ बुँदे प्रस्ताव

images
  • सरकार -शिक्षक वार्ता सकारात्मक, महासंघले राख्यो ९ बुँदे प्रस्ताव
    images
    images

    काठमाडौँ । २८ दिनदेखि निरन्तर आन्दोलनमा रहेका शिक्षकहरू र सरकारको मंगलबार रातिसम्म सिंहदरबारमा बसेको वार्ता निष्कर्षबिना टुङ्गिएको छ । वार्ताको क्रममा शिक्षक महासंघले ९ बुँदे प्रस्ताव सरकार समक्ष पेस गरेको छ, जसलाई मन्त्रिपरिषद्बाट पारित गराउन महासंघले जोड दिएको छ।

    images
    images
    images

    शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार सहमतिमा पुग्ने स्थिति नजिक भए पनि अन्तिम निर्णय बुधबार बिहान महासंघको बैठकपछि मात्र तय हुनेछ। ‘हाम्रो मागहरू स्पष्ट छन्, सहमतिको अवस्था बनिरहेको छ, तर अझै निर्णय भइसकेको छैन’, थापाले भने।

    images
    images
    images

    सरकारले आन्दोलनलाई सम्बोधन गर्न तत्परता देखाएको भए पनि शिक्षक पक्षको अडान कायमै रहेकाले वार्ता निष्कर्षमा पुग्न सकेको छैन। सार्वजनिक शिक्षा लामो समयदेखि प्रभावित हुँदा कक्षा १२ को परीक्षा भने तोकिएकै मितिमा हुने पुष्टि महासंघले गरेको छ।

    images
    images
    images

    यसअघि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले शिक्षकहरूका माग सम्बोधन गर्न ८ अर्ब रुपैयाँ लागत लाग्ने ७ बुँदे योजना तयार गरेकी थिइन्। 

    तर अहिले शिक्षक महासंघले उठाएका ९ बुँदाहरूमा विद्यालयमा कार्यरत सहयोगी कर्मचारी तथा प्रारम्भिक बालविकास (ईसीडी) शिक्षकहरूको तलब सुनिश्चितता, सामाजिक सुरक्षा कोषमा समावेशीकरण, दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई भत्ता, ग्रेड समायोजन, मर्यादा क्रमको स्पष्टता, उपचार खर्चमा छुटको व्यवस्था, निमावि प्रथम र मावि द्वितीयबीचको तलब भिन्नता हटाउने, राहत शिक्षकको व्यवस्था लगायतका विषय समेटिएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिक्षक आन्दोलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।