Logo

२०८३, श्रावण ३०गते


images
images

कारागार अनुगमन

रबि लामिछाने बस्ने कारागारको मानव अधिकार आयोगको टिमबाट अनुगमन

रबि लामिछाने बस्ने कारागारको मानव अधिकार आयोगको टिमबाट अनुगमन

images
  • रबि लामिछाने बस्ने कारागारको मानव अधिकार आयोगको टिमबाट अनुगमन
    images
    images

    भैरहवा । रबि लामिछानेलाई कारागारमा राखिएको विषयमा समाचार बाहिर आएपछि मानवाधिकार आयोगको टिमले रुपन्देही कारागारको अनुगमन गरेको छ ।

    images
    images
    images

    मानवाधिकार आयोगकी आयुक्त लिली थापासहितको टोलीले सोमबार कारागारको अनुगमन गरेको हो । अनुगमनपछि आयुक्त थापाले लामिछाने बस्ने कोठाको झ्याल बन्द गरिएको पाइएको बताउदै कारागार प्रशासनले खोलिदिने बताएको उनले जानकारी दिएकी छन् ।

    images
    images
    images

    उनले भनिन् 'झ्याल समेत नभएको पाइएको छ । कारागारको प्रमुखले सुरक्षाको कारणले झ्याल बन्द गरिएको बताउनु भएको छ । तर अब उहाँले खोलिदिन्छु भन्नु भएको छ । अर्को अदालतले बन्दीको स्थानान्तरण गर्न दिएको आदेश पालना नगरिएको विषयमा आयोगले गम्भीर रुपमा छलफल गर्छ । स्रोत साधन कम भएको र २५० जनाको क्षमता भएकोमा ७०० जनालाई व्यवस्थापन गरेकोमा कारागार प्रशासनलाई धन्यवाद छ ।' 

    images
    images
    images

    उनले न्युनतम मानव अधिकार समेत पुरा नभएको भन्ने कुरा बाहिर आएपछि आफुहरु अनुगमनको लागि आएको उनले बताएकी छन् । आयुक्त थापाले आफुहरुले कारागारमा मानव अधिकारको न्युनतम पालना समेत नरहेको विषयमा छलफल गर्ने बताएकी छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।