Logo

२०८३, श्रावण ३०गते


images
images

छवि-रविलगायतको बयान आज पनि जारी रहने

छवि-रविलगायतको बयान आज पनि जारी रहने

images
  • छवि-रविलगायतको बयान आज पनि जारी रहने
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधि सभाका निलम्बित सांसद रबि लामिछानेलगायत प्रहरी थुनामा रहेकाहरूको बयान आज पनि जारी रहने भएको छ।

    images
    images
    images

    उनीहरूविरुद्ध सहकारी ठगी तथा संगठित अपराध मुद्दामा कास्की जिल्ला अदालतमा आज पनि बयान जारी रहने भएको हो।

    images
    images
    images

    सोमबार छविलाल जोशीको बयान भएको थियो। तर उनको बयान नै नसकिएको हुनाले रविको बयानका समय हुने/नहुने निश्चित भएको छैन।

    images
    images
    images

    बयानपछि थुनछेक बहस हुनेछ। बयानका लागि सोमबार नै रविलाई अदालत लगिए पनि उनको पालो आएन। सम्पत्ति शुद्धिकरण मुद्दा अदालतमा दायर भएपछि उनी सोमबार साँझ सांसद पदबाट निलम्बित भएका छन्।

    थुनछेकको बहस सकिएपछि उनलाई पुपर्क्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने भन्ने कास्की जिल्ला अदालतले आदेश दिनेछ।

    सरकारी वकिलको कार्यालय कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरिसकेको छ।

    पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ ।

    पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको दिनदेखि ९२औँ दिनमा सरकारले आइतबार अभियोगपत्र दर्ता गरेको हो ।

    लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।

    गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहित १९ जनाविरुद्ध पूरक अभियोग पत्र पनि दर्ता भएको छ।

    रवि लामिछाने र जीवी राई सहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

    सूर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको दाबी छ ।

    लामिछाने गत कात्तिक २ गते काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए।

    उनीविरुद्ध सहकारी ठगी प्रकरणमा रुपन्देही, चितवन, काठमाडौँ तथा पर्सामा पनि मुद्दा चलिरहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रबि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।