पोखरा । मुस्ताङको घोप्टेभिरमा पहिरो खस्दा बेनि-जोमसोम सडक अवरुद्ध भएको छ ।
शनिबार बिहान मुस्ताङको थासाङ गाउँपालिका- ४ घोप्टेभिरस्थित बेनि-जोमसोम सडक खण्डमा माथिबाट पहिरो खसी बाटो पूर्ण रुपमा अवरुद्ध भएको हो ।
पहिरो खसेपछि सवारी साधन सडकमै रोकेर राखिएको छ । प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको जानकारी दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology