देवदह । नवलपरासीको सुनवल–७ बाट एक बालक बेपत्ता भएका छन् । वडा नं १२ का १२ वर्षीय सुदिप घर्ती बिहिवार साँझ ४ बजेबाट बेपत्ता भएका हुन् ।
वडा नं ७ स्थित फुपुको घरमा आएका सुदिप स्थानीय कजरार खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने जानकारीको आधारमा खोजिकार्य भईरहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरिक्षक सन्तोष पौडेलले जानकारी दिए ।
फुपुको घरमा आएका सुदिपलाई घरमा छाडेर फुपु घाँस काट्न गएको बेला उनी खोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्न गएका उनको लुगा र चप्पल खोलाको छेउमा भेटिएपनि उनी अहिलेसम्म नभेटिएको प्रहरीले जनाएको छ ।
‘हिजो राती अवेर सम्म स्थानीयसँग मिलेर हामीले खोजिकार्य गर्यौं तर केही पत्तो लागेन ।’ उनले भने, ‘आज पुन्ह सशस्त्र प्रहरीको विपद व्यवस्थापन टिमले खोजि कार्य जारी राखेको छ ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology