अर्घाखाँची । नेकपा माओवादी केन्द्र शितगङ्गा नगरपालिकाको दोश्रो नगर सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनले मणिराम अधिकारी अध्यक्षतामा ६४ सदस्यीय समिती गठन गरेको पार्टी नेता भक्तबहादुर पुन 'जलन' ले बताए ।
जसको बरिष्ठ उपाध्यक्षमा पल बहादुर घर्ती 'भुमिका' उपाध्यक्षमा राम प्रसाद भट्टराई, रूकेश आले सचिवमा बिष्णु परियार, सहसचिवमा भुपाल सारु र कोषाध्यक्ष सरिता परियार रहेका छन् ।
नगर सम्मेलनले प्रदेश सम्मेलन प्रतिनिधिमा बिष्णु गैरे ( विवेक ) टिकाराम रेश्मी मगर, विशाल खड्का, कृष्ण सारु र कमला घर्ती सर्वसम्मत निर्वाचित गरेको सो पार्टीले जनाएको छ ।
सम्मेलनको क्रममा विभिन्न पार्टी परित्याग गरि आउने ७० जनालाई कार्यक्रमका प्रमुख अतिथी भक्तबहादुर पुनले पार्टी प्रवेश गराएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology