काठमाडौँ । अर्घाखाँची र इलामबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । अर्घाखाँची, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छत्रदेव गाउँपालिका-८ निन्युडाँडा बस्ने ४० वर्षीय मेगराज नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
मेगराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खन र प्रहरी चौकी अर्घातोषबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
इलाम, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका-९ बरबोटे बस्ने २२ वर्षीय अमित गुरूङलाई प्रहरीले पक्राउ गरेको छ ।
अमितले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology