विष्णु पोखरेल, सिद्धार्थनगर । दिउँसोको ३ बज्दैछ। समाचार संकलनको लागि प्रेस सेन्टर रुपन्देहीको टिम भैरहवास्थित नेकपा माओवादी केन्द्र सिद्धार्थनगरको कार्यालयमा प्रवेश गर्छ । कार्यालयमा २०-२५ जना माओवादी कार्यकर्ता छलफल गर्दैछन् । उनीहरूलाई पार्टीका क्षेत्रीय इन्चार्ज तिर बहादुर रोका 'डार्विन' ले आवश्यक निर्देशन दिंदैछन ।
कार्यालयको ढोका खुल्लै थियो । भित्र प्रवेश गर्दै हामीले सोध्यौं - के चल्दैछ ? "ओहो, पत्रकार साथीहरू, ल आउनुहोस्, हामी नगरसम्मेलनको तयारीमा छौँ" इन्चार्ज डार्विन एकै सासमा बोले ।
डार्विनले त्यहाँ रहेका पार्टीका स्थानीय नेताहरूसंग छोटो परिचय गराए । त्यहाँ थिए, आर्थिक उपसमितिका संयोजक मनिष कुमार जोशी, मेस व्यवस्थापनका संयोजक डम्बर बहादुर खत्री, सुरक्षा तथा स्वयंसेवक व्यवस्थापनका संयोजक केशव कुँवर, अतिथी सत्कार र झण्डा ब्यानर उपसमितिका संयोजक मेराज खांन आदि । उनीहरू सबैजना नगरसम्मेलनको तयारीमा जुटेका रहेछन् । आ- आफ्नो विभागको जिम्मेवारी पूरा गर्न योजना बनाउँदै थिए, उनीहरू ।

माओवादी केन्द्रले यहि मंसिर ११ गते देशभरका सबै पालिकामा एकैसाथ सम्मेलन गर्दैछ । सोही दिन सिद्धार्थनगरको नगर सम्मेलन पनि गरिने र त्यसको तयारीका लागि मुल आयोजक समिती र उपसमितिहरू समेत गठन गरिएको छ । सम्मेलनको तयारीमा पुरै टिम उत्साहित भएर लागेको पार्टीका क्षेत्रीय इन्चार्ज 'डार्विन' ले बताए ।
सम्मेलनलाई भब्य र व्यवस्थित बनाउन ७१ सदस्यीय मुल आयोजक समितीले काम गरिरहेको छ । मुल समितिलाई सहयोग गर्न उप समितिहरू समेत गठन गरिएको इन्चार्ज डार्विनले बताए । "हाम्रो पुरै टिम लागेको छ । सम्मेलनको भब्य तयारीका लागि मुल समिती र उपसमितिमा गरि १ सय बढि युवा सहितको टिम परिचालित छ" - पत्रकारसंगको कुराकानीमा डार्विनले भने ।

सिद्धार्थनगरका १३ वडामध्य १२ वडामा सर्बसम्मत नयाँ नेतृत्व चयन गरिसकेको सो पार्टीले नगर सम्मेलनबाट पनि सर्बसम्मत नेतृत्व चयन हुने बताएको छ । निर्वाचन गर्न परे तयारी अवस्थामा रहेको बताउँदै निर्वाचन समितिका संयोजक ताराप्रसाद थपलियाले सर्वसम्मत नेतृत्व चयन हुने विश्वास व्यक्त गरे ।
कोभिड महामारीमा कोभिड संक्रमित र कुरुवालाई नि:शुल्क चिया, अण्डा, सुप तथा तातो पानीको व्यवस्थापन गरेर सिद्धार्थनगरवासी सामु उदाहरणीय बनेको सो पार्टीले कोभिड संक्रमणबाट मृत्यु भएका शब समेत निशुल्क व्यवस्थापन गरेको थियो ।
नगरमा क्रियाशिल अन्य राजनीतिक दलभन्दा फरकढंगले काम गर्दै आएको माओवादी केन्द्र सिद्धार्थनगरको नगर सम्मेलन र सम्मेलनबाट चयन हुने नयाँ कार्यसमितिको नेतृत्वलाई महत्त्वका साथ हेरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology