Logo

२०८३, आश्विन २१गते


images
images

रुरुक्षेत्रकाे जैविक विविधता र कालिगण्डकी नदिका जलचर सँकटमा

रुरुक्षेत्रकाे जैविक विविधता र कालिगण्डकी नदिका जलचर सँकटमा

images
  • सेतोमसी सहकर्मी
  • रुरुक्षेत्रकाे जैविक विविधता र कालिगण्डकी नदिका जलचर सँकटमा
    images
    images

    कृष्ण अन्जान, रुरु । कालिगण्डकी नदिमा वहाव कम हुँदा यसक्षेत्रमा पाइने जैविक  विविधतासँगै जलचर लाेप भएका छन ।
         

    images
    images
    images

     कालिगण्डकी ए परियाेजनाकाे निर्माण पछि पवित्र रिडी धाममा बडिघाट खाेला मात्र बग्छ यद्यपी सम्झौता अनुसार कालिगण्डकीकाे चार क्युवेक सेक पानी बडिघाटमा मिसिएर रुद्रवेणिबाट वडिघाटकाे पानी कालिगण्डकी बनेर रुरुधाम देखि बेलाटारीसम्म पुग्छ ।
        

    images
    images
    images

     कालिगण्डकीकाे चिसाे पानीमा पाइने सहर जलकपुर लगाएतका लाेकल माछाहरु कालिगण्डकी नदिबाट लाेप भैसकेकाे धेरै भइसकेकाे छ ।
         

    images
    images
    images

    बल्छिमा पर्ने जलकपुर कालिगण्डकी नदिकाे अत्यन्तै स्वादिष्ट माछा हाे । एउटा माछाे एक पाउसम्मकाे हुने र दिनभरिमा एक दुई किलाे मात्र बल्छि थापेर मार्न सकिने याे जलकपुर माछा यतिबेला कालिगण्डकि नदिबाट लाेप भइसकेकाे छ ।


     धेरै वर्ष भाे लाेकल जातका माछा चाख्न रिडीवासिले नपाएकाे रिडीमा हाेटल व्यवसायी अजित श्रेष्ठ बताउँछन् । "जलकपुर कालिगण्डकीकाे सँग्लाे पानीमा पाइने र मुख्यतया हिँउदमा कालिगण्डकीकाे निलाे पानीमा बल्छिमा पर्थ्याे अाजभाेली त वडिघाटकाे पानी बग्छ त्याे पानीमा जलकपुर पाइँदैन" श्रेष्ठले भने ।


    यसै गरि सहर जातकाे ठुलाे र मिठाे माछा पनि कालिगण्डकिमा करिव लाेपाेन्मुख अबस्थामा रहेकाे छ । वर्षायाममा पाइने याे माछा करिव १० किलाे सम्मकाे निकालिएको इतिहास छ । यदाकदा वर्षायाममा बल्छि थापेर याे माछा निकालिए पनि ९० प्रतिशत लाेप भइसकेकाे बताइन्छ । 


    कालिगण्डकी नदिमा माछा बाहेक पाइने अाेत जातकाे जलचर र जलहाँस पनि अाज भाेलि देखिँदैन ।
         
    कालिगण्डकी नदिमा मात्र हाेइन रिडी खाेला र बग्ने बडिघाट नदिमा पनि पाइने लाेकल जातका माछा पाइन छाडेकाे धेरै भइसकेकाे छ ।


    वडिघाट र रिडी खाेलाका तटिय क्षेत्रमा मिसाइने ढल,  माछामार्दा अत्यधिक विषादी र विद्युतिय माछा मार्ने पद्धतिका कारण पनि लामाे समय देखि यि खाेलामा माछाका सबै प्रजाति लाेप भइसकेकाे छ ।


    कुनैपनि अायाेजना र  परियाेजनाकाे निर्माण कार्य र नदिजन्य पदार्थको उत्खनन गर्दा स्थानिय  पर्यावरण, जैविक विविधता, जलचर र थलचरकाे सँरक्षणमा सम्बन्धित निकायले ध्यान दिन अावस्यक देखिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।