Logo

२०८३, आश्विन २१गते


images
images

रुरुक्षेत्रको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनबोधको लगातार चौथौँ जीत

रुरुक्षेत्रको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनबोधको लगातार चौथौँ जीत

images
  • रुरुक्षेत्रको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनबोधको लगातार चौथौँ जीत
    images
    images

    गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा ३ दिन सम्म सञ्चालित  यो बर्षको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधी जनबोध माविले आफ्नो हातमा पारेको  छ।  ८ स्वर्ण , ३ रजत  र ५ कास्य सहित वडा नम्बर ४-५ काे जनबोध माध्यमिक बिद्यालय कुल १६ पदक लिएर रुरुक्षेत्र गाउँपालिकामा सञ्चालन भएको राष्ट्रपति  रनिङ शिल्डकाे यो बर्षको उपाधि हासिल गरेको हो ।

    images
    images
    images

    रनिङ शिल्ड प्रतियोगितामा जनबोधको यो लगातार चौथौँ सफलता हो, यस अघि पनि लगातार   तीन पटक प्रथम हुन सफल भएसङ्गै उसले सिङ्गो शिल्ड नै आफ्नो पक्षमा पारिसकेको थियो।

    images
    images
    images

    प्रतियोगितामा  दोस्रो वडा न.६ रिमुवामा रहेको जनज्योति मावि  भएको छ, जसले स्वर्ण ३ ,रजत ८ र कास्य ४ गरि कुल १५ पदक जित्न सफल भएको छ। त्यस्तै वडा नम्बर २ मा रहेको ग्वादी   माध्यमिक बिद्यालयले प्रतियोगितामा  तृतीय स्थान हासिल गरेको छ । ग्वादी माविले ३ स्वर्ण, ५ रजत र ३ कास्य सहित तृतीय स्थान सुरक्षित गर्न सफल भएको छ।

    images
    images
    images

    प्रथम बनेको जनबोध माध्यमिक बिद्यालयले रु. १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएकाे छ ।त्यस्तै दोस्रो हुने जनज्योति माविले रु. ७ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएकाे छ भने  तृतीय हुने ग्वादी माध्यमिक बिद्यालयले रु. ५ हजार नगद ,ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।  

    कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले गाउँपालिका भित्र रहेका बिद्यालयमा रहेका बिद्यार्थीकाे क्षमता फरक फरक ढङ्गले मुल्यांकन गर्न सकिने र उनिहरुकाे प्रतिभाकाे उच्च मुल्यांकन गरिने ठाउँ राष्ट्रपति  रनिङ शिल्ड पनि भएकाले सहभागी  सम्पुर्ण बिद्यार्थीलाई धन्यवाद दिएका छन् । उनले कार्यक्रमलाइ सफल पार्न अनवरत खट्ने गाउँपालिकाका कर्मचारी र बिद्यार्थी उपस्थित बनाएर उनिहरुकाे प्रतिभाकाे पहिचान गराउन सहयोग गर्ने विद्यालयहरुलाई धन्यवाद दिएका छन् । समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना गौतम, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षा समितिका सदस्यहरु, समाजसेवी, सुरक्षाकर्मी,पत्रकार लगायतको उपस्थिति रहेको थियो। 

    कार्यक्रम कार्तिक २२,२३ र २४ गते गरि तीन दिन सम्म सञ्चालन भएको हाे । कार्यक्रम  गाउँपालिकाकाे खेलमैदान घ्युबेशीमा संचालन भएको थियो। समापन कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख झविलाल विकले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।