रमेश बहादुर सिंह, बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको आयोजनामा वडा नं ११ स्थित सत्यवादी माध्यमिक विद्यालयको खेलमैदानमा बुधबार एक समारोहकाबीच प्रतियोगिताको उद्घाटन गरिएको हो ।
प्रतियोगितामा नगरपालिकाभित्रका जम्मा ८ वटा सामुदायिक माध्यमिक विद्यालयको सहभागिता रहेको जयपृथ्वी नगरपालिका योजना शाखा प्रमुख बिजय रजतले जानकारी दिए ।
प्रमुख चेतराज बजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्षहरू, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्पलाल रोकाया, ८ वटा विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिति थियो ।
शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा छात्र – छात्रा दुबैतर्फ एथ्लेटिक्स, कबड्डी, भलिबल लगायतका खेल समावेश गरिएको बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology