Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा विद्यार्थीहरुको खेल उत्सव : राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

देवदहमा विद्यार्थीहरुको खेल उत्सव : राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

images
  • देवदहमा विद्यार्थीहरुको खेल उत्सव : राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    images
    images

    देवदह । देवदहमा विद्यार्थीहरुको खेल उत्सव राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । शुक्रवारदेखि एक कार्यक्रम बीच देवदह नगर प्रमुख ध्रुव प्रसाद खरेलले पानवारी खेल मैदानमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरे । 

    images
    images
    images

    प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख खरेलले ष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने महत्वपूर्ण प्रतियोगिता भएको बताए । प्रतियोगिता तेस्रो चरणमा आइपुग्दा धेरै विद्यार्थीहरु जिल्ला, प्रदेश र केन्द्रसम्म पुगेर खेल क्षमता देखाएको उनको भनाइ छ । 

    images
    images
    images

    त्यसैगरी नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले खेल क्षेत्रमार्फत विद्यार्थीहरूको प्रतिभा पहिचान गरी त्यसअनुसार आवश्यक वातावरण निर्माण गर्न नगरपालिकाले पर्याप्त चासो र लगानी गरेको धारणा राखिन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई उत्कृष्ट अवसरका रूपमा उपयोग गर्दै सक्षम र प्रतिस्पर्धी खेलाडी उत्पादनमा विद्यालयहरूले थप जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो ।

    images
    images
    images

    प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेलमा २७ विद्यालयका एक हजार २७५ जना विद्यार्थीले सहभागिता जनाएका छन् । 

    प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार,  द्वितीय हुने विद्यालयले १५ हजार र तृतीय हुने विद्यालयले १० हजार नगद प्राप्त गर्नेछन् । 

    नगर खेलकुद विकास समितिको आयोजना र व्यवस्थापनमा संचालित कार्यक्रममा समितिका संयोजक कमल पाण्डेको अध्यक्षता र नगर युवा, शिक्षा तथा खेलकुद शाखा अधिकृत पर्शुराम ढकालको संचालन रहेको थियो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रपति रनिङ शिल्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।