Logo

२०८३, आश्विन २१गते


images
images

हस्ताक्षर गरेर पनि साधारणसभामा किन आएनन् निलम्बित पुर्व व्यवस्थापक ?

हस्ताक्षर गरेर पनि साधारणसभामा किन आएनन् निलम्बित पुर्व व्यवस्थापक ?

images
  • हस्ताक्षर गरेर पनि साधारणसभामा किन आएनन् निलम्बित पुर्व व्यवस्थापक ?
    images
    images

    माधव ज्ञवाली, गुल्मी । राष्ट्रिय  बचत तथा ऋण सहकारी संस्था रुरुक्षेत्र ५ रानिवास गुल्मीले आफ्नो २१ औँ साधारणसभा तथा १० औँ अधिवेशन शनिबार सम्पन्न गर्यो । कार्यक्रममा निम्तो बोलाइएका लगभग सबै आए  । तर संस्थामा आफू व्यवस्थापक रहँदा करोडौं रकम हिनामिनाको आरोपमा निलम्बित पुर्व व्यवस्थापक द्रोणाचार्य ज्ञवाली  सभामा कहिँ कतै देखिएनन् ।

    images
    images
    images

     

    images
    images
    images

    उनलाई सम्मान गर्न, आतिथ्यता ग्रहण  भने बोलाइएको थिएन।  उनी गत माघमा डेढ करोड बढी आर्थिक हिनामिना गरेको आरोपमा निलम्बित भइसकेका छन् ।

    images
    images
    images


    संस्थाका संचालन समिति अध्यक्ष तोयनारायण ज्ञवालीका अनुसार पुर्व व्यवथापक ज्ञवालीलाई उनीमाथि लागेको आर्थिक हिनामिना आरोपको बारेमा बोल्न, आफू दोषी या निर्दोष के छन्  ? त्यसको बारे सबैको सामु बोल्न तथा हिनामिना के के कसरी भयो, त्यो सबैकोसामु भन्नको लागि बोलाइएको थियो । 


    उनले हिनामिना भएको सबै रकम फिर्ता गर्ने प्रतिबद्धता सहित लिखित हस्ताक्षर पनि गरेका थिए ।केही रकम फिर्ता पनि गरेका छन् । तर कार्यक्रममा आउँछु भनेका ज्ञवालीलाई लिखित   हस्ताक्षर गराईए पनि कार्यक्रममा उनी नआएको अध्यक्ष ज्ञवालीले  बताए । 


    कार्यक्रममा उपस्थित शेयर सदस्यहरु सबैको आवाज पनि एउटै थियो । पुर्व व्यवस्थापकलाई किन लाइएन? कतै समितिले जानाजान नल्याएको त हैन? समितिले उनलाई कार्यक्रममा ल्याउनुपर्ने नैतिक दायित्व हैन र? भन्ने जस्ता प्रश्नहरु कार्यक्रममा उठेका थिए।कार्यक्रमको बिचमा एक महिला शेयर सदस्यले भनिन् "उहाँले यहाँ  आएर स्पस्टिकरण दिनुपर्ने थियो । उहाँले एक्लै तेत्रो रकम खानुभयो कि उहाँको साथमा कोहि छ, हामीलाई जवाफ दिनुपर्छ।" 


    एकजना पुरुष शेयर सदस्य त संचालन समिति अध्यक्ष माथी नै खनिए। उनले तेत्रो रकम हिनामिना गर्ने व्यवस्थापकलाई स्पष्टीकरणको लागि ल्याउन नसक्ने अनि आफू माला लगाएर मन्चमा आनन्दले बस्ने? भन्दै प्रश्न गरे ।


    यतिका समय हुँदासम्म पनि हिनामिना भएको रकम मध्य  आर्थिक बर्ष ०७७/०७८ असार मसान्तसम्म ज्ञवालीले  रु. ४९ लाख ७७ हजार मात्र फिर्ता दिएका छन् भने रु. १ करोड २४ लाख ७६ हजार १ सय ८५ रुपैयाँ फिर्ता दिन बाकी छ । तर ज्ञवालीमाथि आजसम्म कुनै पनि कानुनी  सजाय भएको छैन।

     

    लामो समय भइसक्दा पनि हिनामिना रकम असुल गर्न नसक्नु र कुनै प्रकारको कानुनी गतिविधि नदेखिनुले संचालन समिति, अनुगमन समिति र लेखा समिति माथी नै प्रश्न उठिरहेका छन् । कहिं कतै राजनीतिक रुपमा बचाउ गरिरहेको आरोप लगाइरहेको अवस्थामा संचालन समिति अध्यक्षले भने समितिको बचाउ गरेका छन् ।


    उनले आफू नेतृत्वको संचालन समिति ऐतिहासिक भएको अभिव्यक्ति दिएका छन् । उनले हिसाबकिताबमा शङ्का लागेर नै बिशेष खोज नीति र अनुसन्धान द्वारा प्रमाण फेला पारी हिनामिना भएको पत्ता लगाइएको र अझै ठूलो क्षति हुनबाट जोगाइएको बताए।


    पुर्व व्यवस्थापकले हिनामिना रकम फिर्ता गर्छु भनेर पटकपटक लिखित हस्ताक्षर गरेको र केही रकम पनि फिर्ता गरिएको बताउँदै बाँकी रकम पनि फिर्ता गर्न जस्तोसुकै कदम चालिने उनले  बताए।


    संस्थामा उनी नेतृत्वको संचालन समिति पुनः दोहोरिने भएको छ। समितिको समयावधि सकिएसङ्गै साधारणसभा मार्फत नयाँ समिति बनाउनुपर्ने भएतापनि आर्थिक हिनामिना भएको रकम फिर्ता नल्याउँदासम्म सोही समितिले नै जिम्मा लिनुपर्ने भनेर सभाबाट पुनः त्यही समितिलाई नै दोहोर्याउने सर्वसम्मत निर्णय गरिएको थियो।


    "हामी कानुनी बाटो पनि खोजिरहेका छौँं, हिनामिना भएको रकम असुलीका लागि जिल्ला प्रशासन कार्यालय  गुल्मीमा निवेदन पेश गरिएको र जिल्ला प्रशासन कार्यालय गुल्मीबाट   निवेदन अनुसारको कारबाहीको लागि सहकारी विभाग नयाँ बानेश्वर काठमाडौमा पठाएको जानकारी संस्थालाई आएको छ । तर उक्त विभागबाट हालसम्म कुनै पनि प्रतिक्रिया भने आएको छैन।" बार्षिक आय व्यय प्रतिवेदन प्रस्तुत गर्दै उनले भने ।

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।