Logo

२०८३, आश्विन २१गते


images
images

फौजिकिराले मकै सखाप, किसान भन्छन्, 'बारीतिर हेर्दा पनि विरक्त लाग्छ'

फौजिकिराले मकै सखाप, किसान भन्छन्, 'बारीतिर हेर्दा पनि विरक्त लाग्छ'

images
  • सेतोमसी सहकर्मी
  • फौजिकिराले मकै सखाप, किसान भन्छन्, 'बारीतिर हेर्दा पनि विरक्त लाग्छ'
    images
    images

    कृष्ण अन्जान, गुल्मी । रुरुक्षेत्र गाउँपालिका वडा नं. १ का किसान दिनानाथ ज्ञवालीलाई बारीतिर मकैका बाेट हेर्दा विरक्त लाग्छ ।

    images
    images
    images

    बारीभरि लगाईएका मकै फौजि किराले खाएर बिजाेग छ । पात छियाछिया छ ।मकैकाे बाेटकाे गुवाे सबै फौजिकिराले सखाप पारेर खाईदिएकाे छ ।

    images
    images
    images

    याे वर्ष लाेकल विउकाे साटाे हाईव्रिड मकैकाे जात लगाएर राम्रो उत्पादन लिने साेँच राखेका किसान ज्ञवालीलाई मकैवालिमा फौजिकिराकाे आक्रमण देखेर वैराग लागेर आउँछ । उनले आफ्नो पन्ध्र राेपनि भन्दा बढि जग्गामा किलाेकाे छ सय पचास पर्ने उन्नत जातकाे मकै लगाएका छन ।

    images
    images
    images

    पहिलोपटक लगाएकाे मकैकाे बुटाे राम्रै उम्रेपनि, मकै दाेहाेर्याउने  बेलामा मकैका बाेट फौजिकिराले धुजा धुजा पारेकाे छ ।

    'मकै सर्वस्व पाराे' किसान दिनानाथ ज्ञवालीले भने ।

    त्यसाे त स्थानीय जातकाे मकै छरेका अर्का किसान  मित्र ज्ञवालीको बारीका मकै पनि एउटाे सग्लाे छैनन् । 

    याे समस्या दिनानाथ ज्ञवाली र मित्र ज्ञवालीकाे मात्र हाेईन रुरुक्षेत्रकाे थाेर्गा गाउँका अधिकाँश किसानका मकैका बाेटहरुमा फौजि किराकाे आक्रमण छ ।

    रुरुक्षेत्र गाउँपालिकामा मकै प्रमुख बालीकाे रुपमा रहेकाे छ । मुख्यतया पशुपालनमा पशुलाई कुँडाेकाे रुपमा दिईने मकै, याे क्षेत्रका किसानका लागि खान्की समेत हाे । 

    कहिले पाेलेर, उसिनेर त कहिले भुटेर, कहिले पिसेर आटाे पिठाे राेटाे बनाएर खाईने मकै परम्परागत रुपमा यहाँका किसानहरूले उत्पादन गर्छन ।

    गाउँ छाडेर जानेहरु त गए । कम्तिमा पनि गाउँ बस्नेहरुले वारि हरियाे बनाउने गरि लगाईएकाे मकैबालीमा केही वर्ष देखि फौजिकिराकाे आक्रमणले किसानहरु निराश छन ।

    "हामी समस्यामा छौँ तर हेर्ने र याे समस्याको निराकरण गर्ने निकाय कुन हाे ? किसानलाई कृषिमा विशेष प्राेत्साहनका कुरा सुनिन्छ तर के ती सबै कुरामा मात्र सिमित भए" किसान दिनानाथ ज्ञवालीकाे दुखेसो बेसाउँछन् ।

    मकैमा लागेकाे फौजिकिराकाे आक्रमणले दिक्दार बनेका रुरुक्षेत्र गाउँपालिकाकाे थाेर्गा गाउँका किसान गुहार सुन्ला त स्थानीय सरकार ?

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।