कृष्ण अन्जान, रुरु । रुरुक्षेत्र गाउँपालिका वडा नं. १ काे रातामाटामा अटिजम पाठशालाकाे भवन निर्माणका लागि अावश्यक तयारी शुरु गरिएकाे छ ।
रिडीबजारका समाजसेवी जुनकुमार श्रेष्ठ र जिल्ला समन्वय समितिका उप प्रमुख समेत रहेकी तुल्सी श्रेष्ठले प्रदान गरेको दुई राेपनी र रुरुक्षेत्र वडा नं. १ का वडा सचिव समेत रहेका च्यूरेक निवास रामप्रसाद ज्ञवालीले नि:शुल्क र स:शुल्क जग्गा प्रदान गरेपछि अटिजम पाठशालाकाे भवन निर्माणकाे तयारी शुरु भएकाे हाे ।
रुरुक्षेत्र गाउँपालिकाकाे ५० लाख र प्रदेश सरकारकाे १० लाख गरि ६० लाखकाे भवन निर्माणकाे टेण्डर भएकाे अटिजम पाठशालाकाे चौथाे साधारणसभामा रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले बताए । अटिजम पाठशाला निर्माण मानविय कार्य भएकाे बताउँदै अध्यक्ष गौतमले नमुना पाठशालासँगै श्राेत र विशेष कक्षा सन्चालनकाे अधिकार प्रत्यायोजन गाउँपालिकाले छिटै गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विशेष क्षमता भएका वालवालिकाकाे सर्वाँगिण विकाससँगै सिकाईलाई प्राथमिकतामा राखेर २०७४ सालमा स्थापना भएकाे अटिजम पाठशाला रुरुमा हाल नौ जना विध्यार्थी अध्ययनरत छन् ।
साधारण सभामा अाफ्नाे धारणा राख्दै रुरुक्षेत्र गाउँ उपाध्यक्ष लक्ष्मी देवि पन्तले मानविय सेवामा जुटेकाे अटिजम पाठशालालाई विशेष शिक्षाकाे मान्यता अावस्यक रहेकाे र पहल जारी रहेकाे बताईन्
चौथाे साधारण सभामा बाेल्दै जग्गा दाता समेत रहेकी जिल्ला समन्वय समितिका उपप्रमुख तुल्सी देवी श्रेष्ठले अाफुले प्रदान गरेकाे जग्गामा अटिजम पाठशाला बन्न थालेकाेमा आफुलाई गर्व लागेकाे बताईन् ।
संस्थाका अध्यक्ष अमृता कँडेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका वडा नं. १ का वडाध्यक्ष रामलाल विक, वडा नं. २ का वडाध्यक्ष घनश्याम अर्याल, वडा नं. ३ का अध्यक्ष शेषनारायण पौडेल, रुरु प्राथमिक स्वास्थ केन्द्रका प्रमुख डा. विकास पन्थी, तानसेन नगरपालिका वडा नं. १४ का वडा सदस्य सीता ज्ञवाली, रुरुक्षेत्र गाउँपालिकाका कार्यपालिका सदस्य भगवती बराल प्रशिक्षक गाेमा मरासिनी लगायतले संस्थाकाे दिगाेपनाका लागि पहल अावश्यक रहेकाे बताएका थिए ।
साधारणसभामा कार्यक्रम सन्चालक गाेपी ज्ञवालीले अार्थिक वर्ष २०७७/०७८ काे १० लाख अाठ सय चौसठ्ठिकाे अाय व्यव विवरण प्रस्तुत गरेका थिए ।
साधारणसभामा अटिजम पाठशालालाई जग्गा दिने तुल्सी श्रेष्ठ र राम प्रसाद ज्ञवालीलाई सम्मान गरिएकाे थियाे । साधारणसभामा संस्थाका संस्थापक अध्यक्ष विष्णू प्रसाद भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology