Logo

२०८३, आश्विन ९गते


images
images

गणतन्त्र दिवस

गणतन्त्रको घाउ

गणतन्त्रको घाउ

images
  • गणतन्त्रको घाउ
    images
    images

    गणतन्त्रको मर्म कस्तो छ सोध उसलाई।
    जो लड्यो हिजो छातीमा गोली खाई।।
    जसको आँखाबाट बरबर बरबर  आँसु झरे।
    गणतन्त्रको  सपना बोकी अरु सबै त्याग गरे। ।

    images
    images
    images

    जस्ले छोरा गुमायो, छोरीको इज्जत  लुटियो।
    घर जले, आफन्त टुटे परिवार  भुटियो।।
    जेलको भित्तामा नारा लेखे गणतन्त्र भनी।
    झुकेनन् कहिल्यै नङमा आलपिन घोचिदा पनि ।।

    images
    images
    images

    गलेनन् कहिल्यै हिटरमा पिसाब फेराउँदा पनि ।
     मनभित्र देश बाचिरह्यो गणतन्त्र नेपाल भनी।।
    हिम्मत भत्किएन कहिल्यै सधै मन  बलियो।
     गणतन्त्र नेपाल उसकाे सुन्दर  सपना थियो।।

    images
    images
    images

    तर आज ती सपना  कति कति   तुहिए।
    गणतन्त्र बिरोधि नेताहरू सत्तामा ढुसी भए।।
    आफै खाए, आफै रमाए,आफैले कमाए।
    जनतालाई सधै झुटकाे सपना मात्र सुनाए।।

    गणतन्त्रको नाममा  हामी  बाँचिरहेका छौ।
    ती वीर शहीदको चिहानमाथि हाँसिरहेका छौ।।
    धन्य ती वीर सहिद धन्य ती गणतन्त्रका कथा।
    जनताहरुलाई कथै कथा नेताहरुलाई सत्ता।।

     रहोस गणतन्त्र  सधै सधै सधै सजीव।
    तर नेताहरूले नबनाउन  यसलाई निर्जीव।।
    फेरि उठ्नेछ आवाज सडकमा।
    जब जनताले सम्झनेछन फेरि हिजोका ति सपना।।

    दुर्गालाल तिवारी, देवदह 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।