Logo

२०८३, श्रावण २७गते


images
images

ग्रिन प्लान्टमा चित्रकला र हस्तलेखन प्रतियोगिता

ग्रिन प्लान्टमा चित्रकला र हस्तलेखन प्रतियोगिता

images
  • ग्रिन प्लान्टमा चित्रकला र हस्तलेखन प्रतियोगिता
    images
    images

    देवदह । ग्रिन प्लान्ट आवासीय मा.वि. देवदह–७ मा शुक्रवार अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा २देखी ५ सम्मका विद्यार्थीहरु विच अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ ।

    images
    images
    images

    यसैगरी कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुका विच चित्रकला प्रतियोगिता सम्पन्न भएको विद्यालयका प्राचार्य राजीव सापकोटाले जानकारी दिए । 

    images
    images
    images

    प्रत्येक कक्षाका अधिकांश विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम अन्तर्गत ‘ग्लोबल वार्मिङ्ग’ शीर्षकको चित्रकला प्रतियोगिता अन्तर्गत कक्षा १० तर्फ सिरिन तिवारी प्रथम, आदित्य तामाङ द्वितीय र तनुसा राना मगर तृतीय भएका छन् । 

    images
    images
    images

    त्यसैगरी, कक्षा ९ तर्फ चरिसा थापा प्रथम, संरचना गाहा मगर द्वितीय र अनमोल सिन्तन तृतीय  भएका छन् । कक्षा ८ अन्तर्गत सोहि प्रतिष्पर्धामा कृतिका न्यौपाने प्रथम, निकिता पाण्डे द्वितीय, र रसु अदै मगर तृतीय भएका छन् ।

    यस्तै कक्षा ७ अन्तर्गत सञ्चिता बोसेल प्रथम, राधा राना द्वितीय, आशिष क्षेत्री तृतीय र कक्षा ६ अन्तर्गत दिपीका पराजुली प्रथम, समन्वय पौडेल द्वितीय र विशेष गैरे तृतीय भएका छन् । 

    हस्तलेखन प्रतियोगिता अन्तर्गत कक्षा २ तर्फ लोटस सेक्सनबाट बिहानी पौडेल, रोज सेक्सनबाट प्रिन्सु गैरे र जस्मिन सेक्सनबाट दिपीसा पराजुली उत्कृष्ट चयन भएका छन् । 
    त्यसैगरी कक्षा ३ एभरेष्टबाट अधिस काफ्ले, ३ कै मकालुबाट निस्मा नेपाली, ३ धवलागिरीबाट सनम घर्ती, ४ अर्थबाट अलिबन न्यौपाने, ४ सनबाट प्रकृति थारु, ४ मुनबाट मनस्वी लम्साल, ५ कोशीबाट अनुराग चौधरी र ५ गण्डकीबाट शिशिर रोकाया उत्कृष्ट चयन भएको अतिरिक्त क्रियाकलाप प्रमुख धनमाया शर्माले जानकारी दिइन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।