रेशम अधिकारी, रूपन्देही । बाल्यकालमा विद्यालयको भित्तामा कोरिएको चित्र देख्दा मनमा चित्रकार बन्ने सपना सजाएका देवदह नगरपालिका ५ का निश्चल सुवेदी १३ वर्षकै उमेरमा चित्र कोर्नमा माहिर बने । देवदह स्थित केरवानी माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत निश्चल विद्यालय बिदा हुनासाथ चित्र कोर्नमै व्यस्त रहन्छन् । भविष्यमा शिक्षक र क्रिकेटर बन्ने सपना बोकेका सुबेदीको हात पेन्सिल पर्न साथ ड्राेइङमा कोरिन्छ । उनी निकै मिहिनेत गरेर चित्र तयार पार्छन् ।
दुई सन्तानमध्यका दिदि पछीका कान्छा निश्चल आफ्ना सिर्जनामा अक्सर पृथ्वी, स्मार्ट सिटी, वातावरण, खोलानाला, हिमाल, पहाड प्रकृतिलाई झल्काउँछन् । जनावर र चर्चित ब्यक्तिका चेहरालाई रंगहरु भरेर उतार्छन् । निश्चल भन्छन् “चित्रले यथार्थ झल्काउँंछ चित्रमा कोरिए जस्तै हाम्रो सुन्दर वातावरणलाई देश विदेशमा झल्काउन जरुरी छ” उनी थप्छन्, “म अहिले नै चित्रकलामा माहिर नै त् छैन, सिक्ने क्रम जारीनै छ ।”
सुबेदीले चित्र सेतोपानामा उतार्नभन्दा पहिला आफ्नो मस्तिष्कको कल्पनामा चित्र कोर्छन् यसो गर्दा उनमा चित्र बनाउन मदत हुने उनले बताए ।
”कुनै विद्यालयमा चित्रकला प्रतियोगिता आयोजना भयो भने केरवानी माविबाट सुवेदी प्रतियोगी हुन जाने लगभग पक्का नै हुन्छ” उक्त विद्यालयका एक शिक्षकले भने । “कलिलो उमेरमा निश्चलको चित्रकला प्रतिको मोह र कला तारिफ योग्य छ यदि यसैलाई निरन्तरता दिने हो भने उ पक्का सफल हुन्छ” - उनको भनाइ छ ।
कोरोना महामारीको विषयमा जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा नेपाल रेडक्रस सोसाइटीले आयोजन गर्यो । उनी जिल्ला भरिका विद्यार्थीमध्य चौथो स्थान हासिल गरे । उनले भन्छन् “सधै प्रथम मात्र हुँंदिन, कहिले दुतीय, कहिले तृतीय त कहिले चौथो हुने गर्छु तर आज सम्म खाली हात चै आउनु परेको छैन यसैमा खुशी लाग्छ”
हालसम्म दर्जन बढी प्रतियोगितामा भाग लिइसकेका निश्चलले केही बाहेक सबै चित्रकला प्रतियोगितामा पुरस्कार थापेको सुनाए । भन्छन्, पुरस्कारको लागि भन्दापनि अरुलाई कला देखाउन पाँउदा खुशी लाग्छ । उनले जितेका पदक र प्रमाण पत्र उनले घरको कोठामा सजाएको छन् ।
उनको सिर्जना देखेर धेरै जना चकित बनेको र उनी पढाईमा समेत राम्रो नतिजा ल्याएको सुबेदीका बुबा आनन्दा सुबेदीले बताए । उनी भन्छन् - “छोराको चित्रकला प्रतिको लगाव देखेर हामी खुशी छौँ। उसलाई चाहिने सहयोग र साथ दिएका छौँ । चित्रकलामा यही गतिमा लागेर आफ्नो र परिवारको नाम चिनाउन सके हामी यसैमा खुशी छौ ।"
यस्तै उनी अध्ययनरत विद्यालयका प्रधानाध्यापक दुर्गादत्त शर्माले पनि अवसर पाएमा निश्चल सफल हुने बताउँछन् । उनी भन्छन् - "यसरी निश्चलले अवसर पाउँदै गएमा देवदह र आफ्नो विद्यालयको नाम राष्ट्रिय स्तरमा समेत चिनाउन सफल हुनेछ" ।
कस्तुरीले आफ्नो नाइँटोमा भएको सुगन्ध पहिचान गर्न नसकेर जिन्दगि भर त्यो सुगन्धको खोजीमा भौतारिन्छ । हो, तेस्तै करोडौ कस्तुरी हामी माझ छौँ । जो आफु भित्रको कलालाइ पहिचान गर्न नसकी पछि परिरहेकका छन। हरेक मानिसमा जन्मिदै एउटा कला हुन्छ । उसले त्यो कला चिनेर अघि बढ्ने हो भने उ पक्का सफल हुन्छ । निश्चलले कोरेका चित्रहरू : 





Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology