देवदह । देवदह नगरपालिका वडा नं ५ मा अवस्थित देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । नियमित अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार हस्तलेखन प्रतियोगिता गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद गैरेले विद्यार्थी कलाको भण्डार भएको बताए । "विद्यार्थीभित्र अथाह सिर्जना लुकेको हुन्छ ।" उनले भने "त्यो सिर्जनालाई अतिरिक्त क्रियाकलापको माध्यमबाट बाहिर ल्याउने काम बुद्ध पब्लिकले नियमित रूपमा अतिरिक्त क्रियाकलाप गर्दै आएको छ ।"
कक्षा ६ देखि ९ सम्मका २०० विद्यार्थी सहभागी प्रतियोगितामा परीशा शाही प्रथम, प्रतिक्षा चौधरी द्वितिय र ईशा भुसाल तृतीय भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अनन्तराम भण्डारीले जनाकारी दिए ।
कार्यक्रममा शिक्षकहरू वेद सूर्यवंशी, रोशी गुरुङ, मुक्ति विश्वकर्मा, रोशन चापागाई, ढुन्डीराज मरासिनी लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology