बुटवल। दीप बोर्डिङ हाई स्कुलद्वारा मंगलबार आयोजित बाह्रौँ दीप गायन तारा प्रतियोगितामा ग्रिन प्लान्ट स्कुलका विशेष भुर्तेल दीप गायन तारा बन्न सफल भएका छन् । उनले प्रारम्भिक चरणबाट अन्तिम प्रतिष्पर्धाका लागि छनोट भएका १९ प्रतियोगीहरूलाई पछि पार्दै उनी दीप गायन तारा बन्न सफल भएका हुन् ।
प्रतियोगिताको प्रारम्भिक चरणमा माघ २५ गते रूपन्देही जिल्लाभित्रका कक्षा १० सम्म अध्यापन हुने माध्यमिक विद्यालयका ३१ जना प्रतियोगीहरूले गीत प्रस्तुत गरेका थिए ।
अन्तिम प्रतिस्पर्धाबाट इन्टेलेक्चुअल एकेडेमीकी निहारिका ढुङ्गाना द्वितीय, सन मोडेल इङ्ग्लिश बोर्डिङ स्कुलकी दीक्षा पुन तृतीय र बुद्धदीप इङ्ग्लिश बोर्डिङ स्कुलकी शान्ति गुरुङ तथा कान्ति मा.वि.की क्रिस्टिना खनालले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियागितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई/दुई हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology