Logo

२०८३, श्रावण २७गते


images
images

निगरानी

६० करोडको खेलकुद रोकियो, जवाफदेही को ?

६० करोडको खेलकुद रोकियो, जवाफदेही को ?

images
  • ६० करोडको खेलकुद रोकियो, जवाफदेही को ?
    images
    images

    नेपाली खेलकुद विकासको मेरुदण्ड मानिएको राष्ट्रिय खेलकुद प्रतियोगिता समग्र खेलाडी र खेलकर्मीका लागि सदैव प्रतीक्षा गर्ने आयोजना हो । तर २०३८ सालदेखि शुरु भएको राष्ट्रिय खेलकुदको आयोजना राजनीति द्वन्द्व, देशको व्यवस्था परिवर्तनका साथै केही व्यक्तिको स्वार्थका कारण प्रभावित हुँदै आएको छ । यसको प्रत्यक्ष मार नेपाली खेलकुद र खेलाडीले भोग्नुपरेको छ । त्यसैले त हाल २१औं संस्करण पूरा हुनुपर्ने अवस्थामा दशौं संस्करणको राष्ट्रिय खेलकुद पनि हुन सकिरहेको छैन । अहिलेसम्म यि प्रभावित हुनुका धेरै कारणहरू छन् । त्यसबारे अहिले उल्लेख गर्नु उचित नहोला । तर, समयमा नै हुने आशा गरिएको दशौं राष्ट्रिय खेलकुद चाहीँ किन हुन सकेन त भन्ने प्रश्न नेपाली खेलकुद वृत्तमा अहिले प्रश्न बनेर खडा भएको छ । 

    images
    images
    images

    यो आयोजनाको मुख्य जिम्मेवार हुनुपर्ने युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसँग यसको उचित जबाफ भने छैन । जसले गर्दा नेपाली खेलकुद क्षेत्रमा नैराश्यता छाएको छ । गत वर्षको मंसिरमा नै कर्णाली प्रदेशमा दशौं खेलकुद सम्पन्न हुनुपर्ने हो । तर मन्त्री चौधरीको असक्षमताका कारण दशौं राष्ट्रिय खेलकुद अझै अन्योलमा छ । यो आयोजना प्रभावित हुनुका पछाडि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यको राजनीतिक स्वार्थसँगै दशौं खेलकुदको सह–आयोजक कर्णाली प्रदेशले आयोजना नगराउन भुमिका खेलेको आरोप पनि छ । उपाध्यक्ष आचार्यले एमालेबाट केही समयअगाडि राखेपको उपाध्यक्ष पदमा नियुक्ति पाएका हुन् । 

    images
    images
    images

    खेलकुदको कार्यकारी भुमिका राखेपको सदस्यसचिवमा नेकपा (माओवादी केन्द्र) निकट टंकलाल घिसिङ छन् । यस्तोमा आचार्य र कांग्रेसको कोटामा मन्त्री बनेका चौधरी दशौं राष्ट्रिय खेलकुद गराउने पक्षमा छैनन् । घिसिङलाई हटाएर मात्र दशौं खेलकुद गराउने मन्त्री चौधरी र उपाध्यक्ष आचार्यको योजना रहेको उनी निकट व्यक्तिहरू बताउँछन् । यसअघि मन्त्री चौधरीले बोर्डका केही सदस्यलाई हटाएका थिए । जुन अदालतले अवैधानिक भन्दै उनीहरूलाई पुर्नस्थापन गरिसकेको छ । फेरि मन्त्री चौधरी त्यही खेलमा लाग्दा नेपाली खेलकुद भद्रगोल अवस्थामा पुगेको हो । आफ्नै लगानीमा रहेको विद्यालय नाइटेङ्गलकी प्रिन्सिपल रञ्जना प्रधानलाई राखेपको बोर्डमा नियुक्ती दिएर विवादित बनेका मन्त्री चौधरी पछिल्ला हर्कतका कारण झन् आलोचित भइरहेका छन् ।

    images
    images
    images

    स्थानीय तहदेखि नै खेलाडीको तालिम र छनोट हुँदै ओलम्पिकजस्तै संरचनामा हुने यस बृहत राष्ट्रिय खेलकुद २०३८ सालदेखि शुरु भएको हो । एकैपटक धेरै खेलका खेलाडी र प्रशिक्षकहरूको सहभागिता रहने राष्ट्रिय खेलकुदको महत्व विशेष नै हुन्छ । अझै भनौ सिंगो राज्य नै लागेर आयोजना गर्ने राष्ट्रिय खेलकुद नेपाली खेलकुद विकासको मेरुदण्ड नै हो । कुनैपनि ओलम्पिक, एशियाली खेलकुद र दक्षिण एसियाली खेलकुदका साथै कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता अगाडि खेलाडीले राष्ट्रिय खेलकुदमार्पmत नै आफूलाई तयार गर्दछन् । हरेक दुई वर्षको अन्तरमा आयोजना गरिने गरी वृहत राष्ट्रिय खेलकुदको अवधारण शुरु भएको हो । 

    तीन पटकसम्म मन्त्री चौधरीले मिति सारेपनि आगामी जेठ ३ देखि १० गतेसम्म दशौं खेलकुद आयोजना हुने खेलाडीहरूमा झिनो आशा थियो । तर खेलकुदमन्त्री चौधरीले नै चैत २८ गते बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकमा आधारहीन कारण देखाउँदै नगर्ने निर्णय गराएका थिए । बोर्डका ६ सदस्य अन्जन धमला, प्रकाश कुसारी, दीपेन्द्र बिष्ट, अञ्जना मास्के श्रेष्ठ, डा. मधुसुदन सुवेदी र बिना श्रेष्ठले दशौं खेलकुद नगर्ने निर्णयविरुद्ध नोट अफ डिसेन्ट (असहमति) पत्र लेखेका थिए । बोर्डका बहुमत सदस्यले राष्ट्रिय खेलकुद रोक्न नहुने मत राखेका थिए । तर पनि खेलाडीको भविष्य अन्धकार हुनेगरि राखेपका बोर्ड अध्यक्षसमेत रहेका मन्त्री चौधरीले दशौं खेलकुद जेठमा नगर्ने निर्णय गरे ।

    उपाध्यक्ष आचार्यको अनुगमनको आधारमा राष्ट्रिय खेलकुद गर्न नसक्ने मन्त्री चौधरीको निर्णय थियो । जसमा तथ्य र प्रमाण केही देखिँदैनथ्यो । आचार्यले कसको नेतृत्वमा कहिले, कहाँ अनुगमन भयो अझै स्पस्ट छैन । कसले कहिले कहाँकहाँ अनुगमन गरेको र अनुगमनबाट के कस्तो प्रतिवेदन आएको भन्ने यकिन नै छैन । प्रतियोगिता गर्न सकिदैन भन्ने आचार्यको ठहर हचुवा दाबी मात्र देखिन्छ । त्यसमाथि पनि उपाध्यक्ष स्वयम् सहभागी १२१औं बोर्ड बैठकले जेठ ३ देखि १० गतेसम्म दशौं खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो । तर, आचार्य आपैmँले आधारहीन तथ्य बनाएर खेलाडीले प्रतीक्षा गरिरहेको राष्ट्रिय खेलकुदलाई अन्योलमा पु¥याए ।  

    राष्ट्रिय खेलकुद रोक्ने निर्णयसँगै मन्त्री चौधरी र उपाध्यक्ष आचार्यको चौतर्फी आलोचना पनि भइरहेको छ । राष्ट्रिय खेलकुदको इतिहासमा पहिलोपटक बजेट (६० करोड) बिनियोजन र पूर्वाधार तयार हुँदा पनि राष्ट्रिय खेलकुद हुन सकेन । त्यसैले मन्त्री चौधरीले राजीनामा दिनुपर्ने पूर्वखेलाडी तथा प्रशिक्षकसमेत रहेका राखेपका बोर्ड सदस्य अञ्जन धमला बताउँछन् । राजनीति पूर्वग्रह राखेर राष्ट्रिय खेलकुदलाई अन्योलमा राखिको उनको भनाइ छ । खेलाडी जीवन पूरा गरेर खेलको नेतृत्वमा पुगेका आफूहरू जस्ता पात्र र अन्य खेलाडीलाई नै निराशा बनाउने काम मन्त्रीले गरिरहेको राखेप सदस्य धमलाको आरोप छ । 

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बजेट सुनिश्चित भइसकेको अवस्थामा अनेक बाहनामा दशौं राष्ट्रिय खेलकुद स्थगित हुनु दुर्भाग्यपूर्ण भएको बताए । ‘केही सीमित व्यक्तिको स्वार्थका कारण राष्ट्रिय खेलकुद अन्योलमा हुनु दुखको विषय हो ।’ उनले भने, ‘यसको जिम्मेवारी देशको नेतृत्व गरिरहेका व्यक्तिले पनि लिनुपर्छ ।’ खेलाडीहरूले साढे दुई वर्षदेखि तयारी गरिरहेको अवस्थामा प्रतियोगिता आयोजना नगर्नुले खेलाडी पलायनको अवस्थालाई थप मलजल र प्रोत्साहन गर्ने उनको भनाइ छ ।  

    संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पटक पटक दशौं राष्ट्रिय खेलकुद समयमै गर्नका लागि निर्देशन दिएको छ । संसदीय समितिको टोलीले गरेको स्थलगत अनुगमनका क्रममा पनि राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि तथा सरोकारवाला पक्षहसँग छलफल गरी प्रतियोगिता समयमा नै सम्पन्न गर्न निर्देशन दिएको थियो । तर पनि मन्त्री चौधरीले दशौं खेलकुद आयोजना गर्न चाहेनन् । उनी आपैmँसँग पनि यो आयोजना स्थगन गर्नुको उचित कारण छैनन् । यसबारे मन्त्री चौधरीसँग प्रश्न गर्दा पनि उनले यसको जवाफ दिन सकेनन् । तर मन्त्री चौधरीले के कारण आयोजना रोकेको भन्नेबारे सबै खुलाउन नसकिने बताए । उनले राखेपका उपाध्यक्षले आयोजना नगर्न प्रतिवेदन नै दिएको र मुख्यमन्त्रीले पनि केही असहमती जनाएको प्रतिक्रिया दिए । 

    राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिका २०८१ बमोजिम खेलाडी छनोटको जिम्मेवारी सम्बन्धित प्रदेश तथा टिमको नै हो । तीमध्ये कर्णाली, सुदूरपश्चिम, गण्डकीले केही खेल बाहेकका खेलाडी छनोट गरिसकेका थिए । वागमती र अन्य प्रदेशले छनोटका लागि सूचना प्रकाशन गरी तयारी सुरु गरेको अवस्था छ । यता विभागीय टिमले छनोट गरी नियमित प्रशिक्षण गराइरहेको अवस्था छ । दशौं खेलकुद आयोजनाका लागि सामग्री खरिद गर्न दुई करोड रुपैंया मात्र बजेट प्राप्त भएको छ । बजेट न्युन भएकाले पेश्की उपलबध गराई खेल संघहरूमार्पmत समग्री व्यवस्थापन गर्न सकिन्छ । अन्य खरिदका लागि टेण्डर प्रक्रिया सुरु भई सकेका छन् भने कति केही टेण्डर मूल्याङ्कनकै क्रममा छन् । 

    गर्मी समय भएकाले खेलतालिका बिहान बेलुका बनाउने र दिउँसोको समय खेलाडीलाई आराम दिने गरि खेलतालिका बनाउने योजना हो । मौसमका विषयमा निर्णय गर्दा नै छफलफल भएको थियो । निर्णय गर्दा सहमति हुने र अहिले प्रतिकुल कसरी भयो ? यस्तै विगतका प्रतियोगिताहरु पनि वैशाख जेठमा नै भएका हुन् । सबै मौसममा खेलकुद हुँदै आएको हो । त्यसमा पनि नेपाली खेलाडीहरूले नेपालमा भन्दा प्रचण्ड गर्मी भएका गल्फ राष्ट्रमा राम्रो प्रदर्शन गरेको इतिहास पनि छ । शीर्षकको बजेटका लागि एलएमविआईएसमा प्रविष्ट नभएकाले खेलकुद आयोजना गर्न नसकिने अवस्था थियो । तर हाल त्यो बाटो पनि खुलिसकेकाृ अवस्था छ । युवा तथा खेलकुद मन्त्रालयले पनि त्यसबारे स्पष्ट पारिसकेको छ । नवौं राष्ट्रिय खेलकुदको नियम अनुसार खर्च गर्न स्विकृत भइसकेको अवस्था पनि छ । 

    प्रतियोगिताका लागि गरिने खरिद प्रक्रिया सम्वन्धमा सार्वजनिक खरिद ऐन २०६३ तथा खरिद नियवाली २०६४ को व्यवस्था अनुसार राष्ट्रिय खेलकुद परिषद्को स्थायी संयन्त्रले नै काम गरीरहेको छ । उक्त ऐन र नियमावलीमा खरिद प्रक्रियामा विषयगत उपसमितिको सहभागिता नदेखिएकोले पनि उक्त कार्य गर्न उपसमितिको आवश्यकता देखिँदैन । राष्ट्रिय खेलकुदको तयारीका लागि २०८१ असार २७ गते काठमाडौमा आयोजना भएको बैठकमा प्रतियोगितामा समावेश गरिने खेल, इभेन्ट र खेलाडी संख्या निर्धारण भइसकेको थियो । राष्ट्रिय खेल संघहरूसँग छलफल गरी निर्णायक संख्या पनि निर्धारण भएको अवस्था थियो । तर पनि खेल किन आयोजना हुन सकेन ? 

    सुर्खेतमा मुल आयोजक समितिको सचिवालय उद्घाटन कार्यक्रममासमेत मुख्य मन्त्री यामलाल कडेँलले आयोजनका लागि आफू प्रतिवद्ध रहेको बताएका थिए । तर मुख्यमन्त्री कडेंल नै पछि आयोजनाको विपक्षमा किन उभिए भन्नेबारे स्पष्ट छैन । मन्त्री चौधरीले पनि मुख्यमन्त्रीको कारण देखाउँदै आयोजना स्थगन गरेका हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निगरानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।